Comments Add Comment

माथिल्लो कर्णाली भारतीय कम्पनी जीएमआरलाई बनाउन दिइने

Uper-Karnali-Hydro

१६ साउन काठमाडौं । ९ सय मेगावाटको माथिल्लो कर्णालीको विकास परियोजना सम्झौता (पीडीए) भारतीय कम्पनी जीएमआरले पाउने भएको छ । प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डले भारतीय विद्युत उत्पादक कम्पनी जीएमआरसँग पीडीएका लागि ड्राफ्ट तयार गरिरहेको बोर्ड स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

लगानी बोर्डका सर्तहरु मान्न जीएमआर तयार भएपछि माथिल्लो कर्णालीको पीडीए मस्यौदा तयार गरिएको लगानी बोर्ड सम्बद्ध स्रोतले बतायो । यसअघि सन् २००८ मा जीएमआरसँग भएको सम्झौतामा केही नयाँ बुँदा थप गरि मस्यौदा तयार गरिरहेको लगानी बोर्ड स्रोतको दावी छ ।  २००८ को सम्झौतामा कर्णलीबाट उत्पादित विजुलीको १२ प्रतिश निःशुल्क उपलब्ध गराउने र २७ प्रतिशत इक्वीटी सेयर पाउने उल्लेख थियो ।

जीएमआरले माग गर्दै आएको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गराउने र नेपालले माग गर्दै आएको विद्युत, इक्वीटी सेयरका विषयमा सहमित भएको छ । स्रोतका अनुसार नेपाललाई दिएर बाँकी रहेको ८८ प्रतिशत उत्पादित विजुलीमध्ये ७० प्रतिशत जीएमआरले दिर्घकालिन सम्झौता गरी भारतमा बेच्न पाउनेछ । बाँकी ३० प्रतिशत विजुलीभने बजार मूल्यमा नेपालले किन्न चाहेमा अग्राधिकार पाउनेछ ।

मस्यौदा तयार भइसकेपछि बोर्डको बैठक बसेर निर्णय गर्ने बताइएको छ । बोर्डको बैठक शनिबारका लागि बोलाइएको छ । लगानी बार्डले जीएमआरसँगको सहमति अनुमोदन गरेपछि मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जीएमआरसँग पीडीएमा हस्ताक्षर गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment