+
+
Shares

बहिनीको बिहेका लागि कस्सिए सलमान, आफ्नो कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते ११:३०

salman-and-arpita
बलिउडका अविवाहित नायक सलमान खान आफ्नो बिहेको खबरले सधै नै चर्चामा रहन्छन् । ४८ बर्षको उमेरमा पनि बिहे नगरेका सलमान अब भने बहिनी अर्पिताका लागि कस्सिएका छन् । अर्पिताको अर्को बर्ष बिहे हुँदैछ ।

सलमानकी बहिनी अर्पिता यतिबेला दिल्लीका आयुष नामका एक यूवकसँग डेटमा रमाइरहेकी छिन् । सलमानले मंगलबार आयुषको परिवारको साथमा एक पार्टीको आयोजना गरेका थिए । आफ्नै फार्म हाउसमा गरिएको पार्टीमा आयुषका परिवार सहभागी थिए । यो खान परिवारसँग आयुष परिवारको पहिलो औपचारिक भेटघाट थियो ।
सलमानकी आमा सलमाले सम्पूर्ण खाना बनाएकी थिइन् ।

अर्पितालाई सलमानका पिता सलिम खानले पहिली पत्नी हेलेनको कोखबाट कुनै सन्तान नभएपछि सानोमा ल्याएर पालेका हुन् । यसपश्चात उनी खान परिवारको सदस्य भएकी थिइन् । सलमान अर्पितालाई खुबै माया गर्छन् । उनले सिनेमाको छायांकन र प्रमोशनबाट समय मिलाएर यो पार्टीको आयोजना गरेका हुन् ।
बहिनीको बिहेका लागि सलमान कस्सिरहेको समयमा उनको बिहे भने कहिले हुन्छ, भन्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?