Comments Add Comment

अबैध ढुंगाजन्य बस्तु उत्खनन गरेका ९ वटा गाडि नियन्त्रणमा

निमुसंगम घर्ती

२१ साउन, दाङ । दाङमा अबैधरुपमा ढुंगाजन्य बस्तुहरु निकालेको भन्दै स्थानीय प्रशासनले झण्डै एक दर्जन गाडिलाई नियन्त्रणमा लिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद लुइटेल र निमित्त प्रहरी प्रमुख डिएसपी ओमबहादुर रानाको टोलीले जिल्लाका बिभिन्न स्थानबाट ६ वटा ट्याक्टर, दुईवटा टि्रप्पर र एउटा डोजर नियन्त्रणमा लिएको हो । tackterअबैधरुपमा जिल्लाका बिभिन्न खोलाहरुबाट उत्खनन गरेर निकासी गर्दै गरेको अबस्थामा ति ट्याक्टर, टिप्पर र डोजरलाई नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी लुइटेलले जानकारी दिए ।

नियन्त्रणमा लिएका गाडिहरु जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुका बारेमा थप अनुसन्धान गरेर कारबाही गरिने प्रहरीले जनाएको छ । सरकारले साउन १ गते देखि चुरे क्षेत्र संरक्षणका लागि ढुंगाजन्य बस्तुहरु उत्खननमा पूर्ण रोक लगाएको अबस्थामा पनि निकासी नरोकिएको पाइएपछि प्रशासनले अनुगमन गर्दा ति गाडिहरु नियन्त्रणमा लिएको हो । अबैध क्रसर उद्योग बन्द गराइएको र खोलानालाबाट अबैधरुपमा ढुंगाजन्य बस्तुहरु उत्पादन, बिक्री र निकासी गर्नमा रोक लगाएको अबस्थामा अटेरी गरेर निकासी गरेको भन्दै नियन्त्रणमा लिएको लुइटेलले बताए ।

नियन्त्रणमा लिएका गाडिहरुलाई कार्वाहीका लागि स्थानिय प्रशासन, प्रहरी, घरेलु कार्यालय विच बुधबार दिउँसो छलफल हुने डिएसपी ओमबहादुर रानाले जानकारी दिए । साउन १ गते देखि ढुंगा जन्यबस्तुहरु निकासीमा सरकारले रोक लगाएपछि भौतीक निर्माणको काममा पनि बाधा पुगेको छ ।

यसैवीच मजदुरहरुले ढुंगाजन्य बस्तुहरुको निकासीमा रोक लगाउँदा आफुहरुको गास खोसिएको गुनासो गरेका छन् । ढुंगा, बालुवा र गिट्टी नहँुदा घर तथा अन्य भौतिक निर्माणका कामहरु ठप्प हुँदा दैनिक रोजिरोटीनै गुमेको मजदुर संघका सल्लाकार रामबहादुर बिश्वकर्माले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment