Comments Add Comment

भारत र मधेसको सम्बन्ध कस्मेटिक हो : अमरेशकुमार

Amresh Sing (1)

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभासद एवं युवा नेता अमरेशकुमार सिंहले मधेसी दल र भारतवीचको सम्बन्ध कस्मेटिकमात्रै भएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तराई र पहाडलाई जोड्न हैन समेट्न सुझाव दिएको सिंहको तर्क छ ।

मोदी दुई दिने नेपाल भ्रमणमा आएका बेला हायात होटलमा सोमबार मधेसी नेताहरुले संयुक्तरुपमा भेटवार्ता गरेका थिए । सो भेटमा मोदीले सिंगै देशका बारेमा सोच्न र पहाडे मानसिकता त्याग्न मधेसकेन्दि्रत दलका नेतालाई सुझाव दिएको चर्चाले व्यापकता पाएको छ । यसैसन्दर्भमा मोदी र मधेसी नेताको भेटबारे सिंहले अनलाइनखबरसँग भने-‘मोदीले के भन्नु भो भने देशमा कुनै खाडल क्रिएट नगर्नु ।

भेटमा आफूले मोदीको आलोचना गरेको सिंहले बताएका छन् । मधेसी दलको संयुक्त टोलीमा मिसिएर भारतीय प्रधानमन्त्री मोदीसँग भेट गरेका कांग्रेस नेता सिंहले भने- ‘मैले नै कुरा उठाएको हो कि तपाईको सम्बोधनमा तराई शब्द आयो, मधेस आएन ।’

व्यवस्थापिका संसदमा मोदीको अभिव्यक्तिबाट मधेसका जनता निराश बनेको सिंहले दाबी गरेका छन् । उनले भने- ‘मधेसका जनता र बुद्धिजीवी निराश छन्, इण्डियालाई पनि मधेसका जनताको मतलव छैन भने यसको गलत व्याख्या गरेर अझ शोषण हुने काम हुन्छ । मैले भनेको शब्द नै यही हो ।’

कांग्रेस नेता सिंहले आफू पहाडविरोधी नभएको बताए । शिक्षाको विकास भए मधेस र पहाडको विभेद कम हुने उनले बताए । तर, पहाड र मधेसलाई जोडेर प्रदेश बनाउँदा मधेसी समुदायको मानिस मुख्यमन्त्री बन्न नसक्ने उनले विश्लेषण गरे ।

नेपालमा माओवादी कमजोर हुँदा एमाले बलियो हुने र एमाले कमजोर हुँदा माओवादी बलियो हुने उदाहरण दिँदै सिंहले भने- ‘मधेसमा क्षेत्रीय पार्टीहरु कमजोर भए भने नेपाली कांग्रेस बलियो हुन्छ ।’ मधेस र भारतवीचको ‘एट्याचमेन्ट’ कस्मेटिकमात्रै भएको उनले बताए ।

सिंहसँगको विस्तृत अन्तरवार्ता : म पहाडलाई मोस्ट वेलकम गर्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment