Comments Add Comment

दीपिका र रणवीरले गोवामा साता विताए

ranveer-deepikabigg
दीपिकालाई भेट्न गोवा पुगेका रणवीर खाली थिए । त्यहीबेला फिल्मका निर्माता होमी अदजानिया दीपिकाको लागि मृत पतिको कलाकाार खोजी गरिरहेका थिए । सो कुरा रणवीरले थाहा पाए । रणवीर स्वयम्ले फिल्म निर्माता होमीसँग सो भूमिका आफूलाई दिन भने । होमीलाई कलाकार भेट्न हम्ये परेका बेला रणवीरले भूमिका मागेपछि उनलाई ढुंगा खोज्दा देउता मिले जस्तै भयो । उनले तुरुन्तै रणवीरलाई खेलाइ गए ।

फिल्म निर्माताका अनुसार आफ्नो दुई मिनेटको भूमिका रणवीर सिंहले एकै सटमा पूरा गरेका थिए । सित्तैमा दूई मिनेटको भूमिका निर्वाह गरेपछि रणवीरले दीपिकाको लागि पूरा एक हप्ता गोवामा नै बिताइदिए । अब तपाईं नै भन्नुस यो माया नभए अरु के होला ? रणवीरको यो हरकतले उनी दिवाना बनेर दीपिकालाई माया गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दीपिकाका लागि रणवीरले फिल्मबाट एक पैसो पनि लिएनन् । उनले सो फिल्ममा आफ्नो भूमिकाबारे पनि सोध्दै नसोधी हस्ताक्षर गेरिदिए, त्यसो गरेर उनी दीपिकासँग समय बिताउन चहान्थे । दीपिकाको लागि उनी रातारात मुम्बईबाट गोवा पुगेका थिए, जहाँ दीपिका फिल्म सुटिङमा ब्यस्त थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment