Comments Add Comment

धर्मपुत्री पाल्ने मनिषा कोइरालाको घोषणा

Manisha-koirala
पति सम्राट दाहालसँगको ब्रेकअप र पाठेघरको क्यान्सरसँगको लडाई जितेपछि मनिषा कोइराला यतिबेला घरजमको तयारी गर्दैछिन् । पुनः बिबाहका बिषयमा खास योजना नबनाएकी मनिषा यतिबेला धर्मपुत्री पाल्ने तयारी गर्दैछिन् । ‘हो, मैले धर्मपुत्री पाल्ने निर्णय गरेकी छु’ भारतको सिमान्धारामा रहेको ओननेस बिश्वबिद्यालयमा आफ्नो ४४ जन्मदिन मनाउँदै भनिन-‘अब म मेरै तरिकाले पारिवारिक जीवन सुरु गर्दै छु ।’

उनले यसअघि नै धर्मपुत्री राख्ने योजना बनाएको भएपनि तीन बर्षसम्म त्यसो गर्न डाक्टरले प्रतिबन्ध लगाएका कारण सो योजना स्थगित गर्नुपरेको थियो ।  ‘अर्को बर्ष क्यान्सर मुक्त भएको ३ बर्ष पुगेपछि म धर्मपुत्री पाल्छु’ उनले भनिन् । फेरि बिबाह गरेर नयाँ जीवन सुरु गर्ने बिषयमा भने मनिषा त्यति आशाबादी देखिइनन् ।

‘म जहिले पनि गलत मानिससँग प्रेममा परेँ र पीडा दिएर ती सम्बन्ध अन्त्य भए । तर, प्रेमबाट म कहिले पनि दिग्भ्रमित भइन् । म अहिले पनि प्रेमको खोजीमा छु र निपूर्ण सम्बन्ध कायम होस् भन्ने चाहान्छु ।’ उनले भनिन्- तर, मलाई थाहा छ, यस्तो पर्फेक्ट रिलेसन सम्भव छैन् ।’

केही राम्रा काम गरेर तनावरहित जिन्दगी जिउने आफ्नो इच्छा रहेको भन्दै मनिषाले भनिन्- कुनै दिन उपयुक्त जीवन साथी पनि भेटिएला तर, अहिले म धर्मपुत्रीलाई घर ल्याउन आतुर छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment