नायिका झरना बज्रचार्य यतिबेला एक निर्मातासँगको प्रेममा छिन् । विगत २ बर्षदेखि उनी निर्माता राहुल अग्रवालसँग सम्बन्धमा छिन् । राहुल चलचित्र ‘सेफ ल्याण्डिङ’का निर्माता समेत हुन् ।
पुख्र्यौली घर भारतमा भएपनि मलेसियामा जन्मेका राहुलसँग झरना २ बर्षदेखि प्रेममा रहेको रहस्य हालै मात्र अष्ट्रेलियामा खुलेको हो ।
अष्ट्रेलियामा चलचित्र ‘सेफ ल्याण्डिङ’को प्रिमियरमा झरना र राहुलको प्रेम खुलासा भएकाे हो । झरना प्रिमियरका लागि नेपालबाट मलेसिया पुगेर त्यहाँबाट अष्ट्रेलिया गएकी थिइन् । अष्ट्रेलियामा पनि झरना र राहुल एकसाथ बसेका थिए ।
केही समय अष्ट्रेलियामा घुमेर झरना र राहुल यतिबेला मलेसिया फर्केका छन् ।
अष्ट्रेलियामा झरनाले घुमाउरो तरिकाले अाफ्नो अफयेयरको संकेत गरेकी थिइन् । चलचित्र ‘सेफ ल्याण्डिङ’मा ५० प्रतिशत लगानी गरेका राहुलको झरनासँगको प्रेम यसै सिनेमाको छायांकनबाट सुरु भएको थियो । झरनाले एक दिन मिडियामा यो खबर आएतापनि तत्काल बाहिर नआओस् भन्ने चाहन्थिन् ।
झरना राहुलको प्रेममा परेपछि कैयौपटक मलेसिया जाने आउने पनि गरेकी छिन् । एक विदेशी नागरिकसँग इन्गेजमेन्ट गरेर पनि तोडेकी झरना राहुलसँगको अफयेयरमा बढि नै गम्भिर देखिन्छिन् ।
प्रतिक्रिया 4