लोकगायिका ज्योती मगरको अन्र्तवार्ता रोकिएको छ । एनटीभी प्लसबाट प्रशारण हुँदै आएको ‘टी टाइम’मा उनको पहिरन भड्किलो भएपछि अन्र्तवार्ता रोकिएको हो । उनको छाती केही बढी खुलेपछि रोकिएको जनाइएको छ ।
कार्यक्रममा निर्देशक एवं लोक गायक ईन्द्र जोशीले पहिरन भड्किलो भएकाले रोकिएको जानकारी आफूले पाएको बताए । कार्यक्रम संचालिका शोभा त्रिपाठीले पनि शो रोकिएको बताइन् । ज्योती मगरको गायकी शैली यतिबेला चर्चामा छ । साथमा उनको हट शैलीले पनि बजारमा चर्चा पाउँदै आएको छ ।
उनले नै आवाज भरेको ‘पिरतीमा दम छ’ बोलको गीत भने टेलिभिजनमा बजिरहेको छ । यो गीतमा ज्योती निक्कै हट पहिरनमा देखिएकी छिन् । लोक गीतमा गायिका तथा मोडलहरु धेरै नै खुल्न थालेपछि यसले सामाजिक संजालमा आलोचना खेप्दै आएको छ । धेरैले लोकगीत हिजोआज घरमा परिवारसँग बसेर हेर्न नसकिने भएको पनि जनाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4