Comments Add Comment

फेसबुकले अपत्यारिला ‘समाचार’ हटाउने, ‘अपडेट’ बढाउने

facebook

फेसबुक वालको न्युज फिडमा अनावश्यक तथा अपत्यारिला न्यूज स्टोरीहरु आएर हैरान हुनुहुन्छ ? ‘क्लिक बेट’ समेत भनिने ती सामाग्री मध्ये धेरै अप्रमाणिक तथा असान्दर्भिक समेत हुन्छन् । शीर्षक गम्भीर भएका त्यस्ता स्टोरीहरु हसिमजाकका लागि वा केवल व्यंग्य वा रमाइलाका लागि मात्र पनि हुन्छन् । अब भने यस्ता अनावश्यक ‘समाचार’ बाट मुक्ति मिल्नेछ ।

फेसबुकले न्यूज फिडमा देखिने समाचारको संख्या कम गर्ने निर्णय गरेको छ । फेसबुकका अनुसन्धान वैज्ञानिक खालिद एल एरिनी र प्रडक्ट विशेषज्ञ जोयस ट्यांगले एक ब्लगमार्फत यस्तो जानकारी दिएका छन् ।

प्रयोगकर्तालाई बढि विश्वसनीय सूचना प्रदान गर्न तथा प्रयोगकर्ताले नै ‘स्पाम’ भनेर मार्क गरिसकेका सामाग्रीलाई हटाउनका लागि यस्तो निर्णय लिइएको उनीहरुको भनाइ छ ।

साथै फेसबुक प्रयोगकर्ताको फेसबुके साथीले गरेका पोष्ट भने फ्याँकिने छैन ।
समाचार अनुसार आफ्नो न्युजफिडलाई परिवर्तन गर्ने फेसबुकको प्रक्रिया दुई चरणको हुनेछ ।

प्हिलो, न्युजफिडको सामाग्री पढ्नका लागि फेसबुक प्रयोगकर्ताले दिएको समयलाई ध्यानमा राखिनेछ । यदि प्रयोगकर्ताले उक्त सामाग्री क्लिक गर्छ र तत्कालै त्यसलाई पढ्दै नपढि फेसबुक वालमा ब्याक हुन्छ भने फेसबुकले बुझ्नेछ की त्यो सामाग्री उक्त प्रयोगकर्ताको रोजाइमा छैन र त्यो क्लिक बेट अर्थात् प्रयोगकर्तालाई क्लिक गराएर व्यापार गर्ने चारो हो ।

दोश्रो, फेसबुकले कुनैपनि स्टोरीले पाएको लाइक र कमेन्टका तुलनामा सो स्टोरी कतिपटक क्लिक भयो भन्ने कुरा दाँज्नेछ ।
साथै फेसबुकले न्युजफिडका पोष्टहरुलाई प्राथमिकीकरण गर्नेछ । जसमा स्टोरी लिंक सँग आउने पोष्टहरुलाई फोटो र क्याप्सन मात्र भएको स्टोरीलाई भन्दा बढि प्राथमिकता दिइने सी नेट न्यूजपोर्टलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment