News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्डविरुद्धको खेलमा मोहम्मद सलाहको गोलसँगै इजिप्टले अग्रता लिएको छ ।
- खेलको १५औं मिनेटमा फिन सम्र्यानले न्यूजिल्यान्डलाई अग्रता दिलाए पनि ५८औं मिनेटमा इजिप्टका मोस्तफा जिकोले बराबरी गोल फर्काए ।
- पहिलो खेलमा बराबरी खेलेका दुवै टोलीका लागि नकआउट चरणमा पुग्न यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ ।
८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इजिप्टले न्यूजिल्यान्डविरुद्ध अग्रता लिएको छ ।
भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलको ६७औं मिनेटमा गोल गर्दै इजिप्टले अग्रता लिएको हो ।
इजिप्टका लागि मोहम्मद सलाहले दोस्रो गोल गरेका हुन् । यसअघि ५८औं मिनेटमा इजिप्टका मोस्तफा जिकोले हेडरमार्फत गोल गर्दै टोलीलाई बराबरीमा फर्काएका थिए ।
पहिलो अग्रता भने न्यूजिल्यान्डले लिएको थियो । फिन सम्र्यानले १५औं मिनेटमा गोल गर्दै न्यूजिल्यान्डलाई अग्रता दिलाएका थिए ।
पहिलो खेलमा बराबरी खेलेका दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ । यो खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ ।
प्रतिक्रिया 4