Comments Add Comment

कट्रिना बनिन् बिश्वकै कामुक नम्बर एक

katrina-kaif-1मुम्बई । बलिउड अभिनेत्री कट्रिना कैफले सबै भन्दा कामुक (सेक्सी) महिलाको उपाधि पाएकी छिन् ।
हलिउड अभिनेत्री एन्जेलिना जोली र गायिका बेयोन्सेलाई पछि पार्दै क्याटरिनाले यो उपाधी सुरक्षित गरेकी हुन् ।
नेशनल डेलीले आयोजना गरेको एक युथ सर्भेमा सहभागी ३७ प्रतिशतले कट्रिना कामुक भएको धारणा राखेका थिए । कट्रिनाका प्रसंसकहरुका लागि यो आफैमा खुसीको खबर हो ।
यसअघि एउटा भारतीय म्यागेजिनले गरेको सर्वेक्षणमा कट्रिनाले भारतकै सबैभन्दा सुन्दर महिलाको उपाधि पाएकी थिइन् । कट्रिना मात्रै एउटा यस्ती भाग्यशाली कलाकार हुन् जसले निकै छोटो समयमा महत्वपूर्ण उपलब्धि हात पार्दै आएकी छिन् ।
ट्रष्ट रिसर्च एडभाईजरीको एक सर्वेक्षणले कटि्रनालाई भारतका ‘मोष्ट अट्रयाक्टिभ पर्सनालिटी’ मध्ये छैटौं नम्बरमा राखेको छ । शाहरुख खान, अमिताभ बच्चन, महेन्द्र सिंह धोनी, अमिर खान पछि छौटौ स्थानमा पर्छिन उनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment