Comments Add Comment

एकजनालाई साक्षर बनाउने विद्यार्थीलाई १० अंक

१६ भदौ, काठमाडौं । निरक्षरता उन्मूलन गर्न यस वर्ष माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । एक निरक्षरलाई साक्षर गराउने विद्यार्थीले १० नम्बर पाउने गरी अनौपचारिक शिक्षा केन्द्रले ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

निरक्षरता उन्मूलन गर्न विद्यार्थी परिचालन तथा मूल्यांकन निर्देशिका शिक्षामन्त्रीस्तरीय निर्णयबाट गत वर्ष पुसमा पारित भएको थियो । निर्देशिका यस वर्षबाट कार्यान्वयनमा लगिने अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक केश दाहालले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।

‘यो वर्ष विद्यार्थीको प्राक्टिकलसँग जोडेर साक्षरता कार्यक्रम सञ्चालन गछौं,’ उपनिर्देशक दाहालले भने, ‘यसले साक्षरता कार्यक्रमलाई सफल बनाउँछ ।’
माध्यमिक तहको स्वास्थ्य, जनसंख्या तथा वातावारण र शिक्षा विषयको प्रयोगात्मक विषयमा साक्षरता अभियानलाई जोड दिने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment