+
+
Shares

गाडीको भन्सार घटाउन सकिन्न, स्वदेशमा उत्पादन थाल्नुस्ः अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १८ गते १८:४३

Nada-Auto-Show-Udghatan-samaroha-3

१८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले सवारी साधनको भन्सार तत्काल घटाउन नसकिने हुँदा स्वदेशमै गाडी उत्पादन सुरु गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

मंगलबार राजधानीमा नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) को आयोजनामा सुरु अटो शो उद्घाटन गर्दै अर्थमन्त्री महतले कम मूल्य र क्षमताका गाडी र मोटरसाइकलको बजार अत्याधिक रहेको बताउँदै स्वदेशमै एसेम्बल गर्न आग्रह गरे ।

स्वदेशमै गाडी उत्पादन सुरु गरेमा सरकारले हरतरहको सहयोग गर्न तयार रहेको अर्थमन्त्री महतले आश्वासन दिँदै मन्त्री महतले भने-‘गाडीमा भन्सार घटाउने कुरा नगर्नुस, स्वदेशमै गाडीको सके उत्पादन नसके एसेम्बल भएपनि तत्काल सुरु गर्नुस् ।’

पाटपूर्जाको भन्सार घटाउः ब्यबसायी

नाडाका अध्यक्ष शेखर गोल्छाले सीमा क्षेत्रमा हुने चोरी रोकावट गर्न स्पेयर पार्टसमा ५ प्रतिशत एकल कर लगाउन सरकारसमक्ष आग्रह गरेका छन् । नेपाल भित्रिने स्पेयर्स पार्टसमा उच्च भन्सार दर र अन्तःशुल्क लगाउँदा नेपालमा नक्कली तथा चोरीका पार्टपुर्जा आयात हुने गरको उनको भनाई थियो ।

Nada-Auto-Show-Udghatan-samaroha-final-2

‘उच्च करका कारण भारतबाट नक्कली पार्टस आयात हुने गरेको छ, भन्सार छलेर पार्टस ल्याउन क्रम बढ्दो छ’ गोल्छाले भने- ‘यस कार्यलाई निरुत्साहित गर्न भन्सार दरमा सरकारले पुनरावलोकन गर्नैपर्छ ।’

भन्सार छलेर पार्टस पूर्जा आयात हुँदा, सीमा क्षेत्रका नेपालीहरु भारतमा गएर आफ्नो सवारी मर्मत सम्भार गर्दा सरकारलाई राजश्वमा समेत प्रभाव परेको गोल्छाको भनाई छ ।

बुधबार सुरु भएको मेला ६ दिनसम्म चल्ने बताइएको छ । मेलामा ५० वटा कम्पनीहरु सहभागी भएको मेला संयोजक शम्भु दाहालले बताए ।

मेलामा १२ ब्रान्डका ४ पाँग्रे र ११ ब्रान्डका २ पाँग्रे सवारी साधन प्रर्दशनीमा राखिएको छ । यसको साथै लुबि्रकेन्ट, बैंक, व्यवसायीक गाडी, निर्माण क्षेत्रमा प्रयोग हुने गाडीहरु पनि प्रर्दशनीमा राखिएको छ ।

Nada-Auto-Show-Udghatan-samaroha-final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?