Comments Add Comment

अमेरिकी अदालतद्धारा राष्ट्र बैंकको पक्षमा १० लाख डलरको फैसला

nrb

१८ भदौ काठमाडौं । सम्पत्ति सुद्धिकरणसँग जोडिएको एक मुद्दामा अमेरिकी माथिल्लो अदालतले नेपाल राष्ट्र बैंकको पक्षमा १० लाख डलर बराबरको फैसला गरेको छ ।
तरला इन्टरनेसनलका सञ्चालक असिम क्षेत्रीले न्यूयोर्कस्थित स्टान्डर्ड चार्टडमा रहेको राष्ट्र बैंकको खाताबाट राष्ट्र बैंकलाई जानकारी नगराई रकम झिकेपछि राष्ट्र बैंकले अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा अदालले स्टे अर्डर जारी गरेपछि रकम फिर्ता भएपनि मुद्दाको फैसला भने भएको थिएन ।
केहीदिन अघि अदालतले राष्ट्र बैंकको पक्षमा फैसला गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
२०६६ सालमा तरलना इन्टरनेसनल अमेरिकी कम्पनीले चिनीयाँ नागरिक झु लिजियाङलाई नेपाल बंगलादेशको ललितपुरको भैासेपाटी शाखामा रकम पठाएको थियो । उक्त कारोबार शंकास्पद भएको भन्दै राष्ट्र बैंकले रकम जफत गरी सम्पत्ति सुद्धिकरणमा मुद्दासमेत दायर गरेको थियो  भने खाता पनि रोक्का गरेको थियो ।
तर, तरलता इन्टरनेसनलका असिम क्षेत्रीले राष्ट्र बैंकको विरुद्धमा अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । स्थानीय अदालतले तरलताका पक्षमा फैसला गरेको थियो । स्थानीय अदालतको फैसलापति क्षेत्रीले राष्ट्र बैंकलाई जानकारी नगराई रकम झिकेका थिए ।
सम्पत्ति सुद्धिकरणमा मुद्दा चलिरहेकाले राष्ट्र बैंकलाई जिल्ला अदालतको फैसला चित्त बुझेन । र, आफूलाई जानकारी नगराई रकम झिकेकबो भन्दै माथिल्लो अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment