+
+
Shares

काठमाडौ उपत्यकामै सटर भाडा ६० रुपैंयाँ !

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २२ गते ८:०५

२२ भदौ, ललितपुर । काठमाडौं उपत्यकामा एउटा पसल (सटर)को भाडा कति तिनुपर्ला ? तपाइँ कल्पना गर्नुहोस्त, ५ हजार वा १० हजार ? अझै धेरै चहलपहल हुने स्थानमा त त्यो भन्दा पनि धेरै रकम तिर्नुपर्छ ।

तर, तपाइँलाई अचम्म लाग्न सक्छ, पाटनको मंगलबजारमा अत्यन्तै सस्तो भाडामा सटर पाइन्छ भन्दा । पत्याउन नसके पनि यथार्थ यस्तै छ । ललितपुरको सबैभन्दा बढी चहलपहल हुने व्यापारिक केन्द्र मंगलबजारमा एउटा सटरको भाडा ६० रुपैयाँ मात्रै छ, राजधानी दैनिकमा खबर छ ।
पाटन दरवार स्क्वायर र त्यो वरपर रहेका नेपाल सरकारका विभिन्न निकायको स्वामित्वमा रहेका कवलहरुको भाडा अहिले पनि ६० रुपैयाँ मात्रै रहेको पाइएको हो ।

लामो समयदेखि भाडा समायोजन गर्न नसक्दा व्यापारिक केन्द्रमै सटर भाडाबापत ६० रुपैयाँ मात्र पाउने गरेका हुन्, सरकारी निकायले । भाडा समायोजन हुन नसकेकै कारण कैंयौं गुणा कम आम्दानीमा चित्त बुझाउन बाध्य छन् सरकारी निकाय ।

यसक्षेत्रका धेरै पसलका भाडा सय रुपैंयाँ भन्दा कम छ । अधिकांश पसलको भाडा पाँच सय भन्दा कम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?