Comments Add Comment

४४ अंकले बढेर ९२० अंकमा पुग्यो नेप्से

२४ भदौ काठमाडौं । मंगलबार नेप्से उच्च अंकले बढेको छ । गत सातादेखि लगातार घटेको नेप्से मंगलबार ४४ अंक (पाँच प्रतिशत)ले बढेर परिसूचक ९२० अंकमा पुगेको हो ।

Nepse-Index-2071-5-24एकैदिनको यो वृद्धि दुर्लभ हो । यसअघि विरलै मात्र नेप्से यति उच्च अंकले बढेको थियो ।

मंगलबारको कारोबारमा सबै समुहगत सूचकहरु बढेका छन् । यो दिन वाणिज्य बैंक समूहको सूचक ५१ अंकले बढेको छ । यो समुहको मात्रै २८ करोड ५१ ल्ाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी जलविद्युत समुहको १८० अंकले,  बीमा समुहको १३५ अंकले, होटल समूहको ३८ हंकले, विकास बैंक समुहको १८ अंकले, वित्त कम्पनी समुहको ७ अंकले, उत्पादन मुलकको २ अंकले र अन्य समुहको ससूचक १७ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन नेप्सेमा १ सय ३५ कम्पनीका १० लाख २७ हजार कित्ता सेयर ४८ करोड ६७ लाख रुपैयाँमा किनबेच भयो ।

नेप्से लगातार १ सय अंकले घटेपछि पुँजी बजारसँग सरोकार राख्नेहरु चिन्तीत बन्दै गएका थिए ।

मंगलबार नै नेप्सेमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले सरकार पुँजी बजारप्रति गम्भिर भएकाले ढुक्क भएर लगानीकर्तालाई सेयरमा लगानी गर्न आग्रह गरेका थिए । त्यसैको प्रभावमा नेप्से बढेको हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment