Comments Add Comment

सर्वोच्च अदालतद्धारा महासंघका अध्यक्ष पाण्डेलाई पक्राउ नगर्न आदेश

२५ भदौ काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायधीस चोलेन्द्र शम्सेयर जबराको एकल इजालसले विपक्षीहरुको नाममा पाण्डेलाई तत्काल पक्राउ नगर्नु-नगराउनू भन्ने आदेश जारी गरेको समाचार आजको आर्थिक दैनिकले लेखेको छ ।
‘निवेदकलाई खोजेको कैद हुकुम प्रमाङ्गीबमोजिम लगत कट्टा भइसकेको छ/छैन यकिन नभई थुनामा राख्ने कार्य कर्ता निवेदकलाई अपूरणिय क्षति पुग्न सक्ने हुादा सुविधा सन्तुलनको दृष्टिकोणसमेतबाट यो निवेदनको अन्तिम किनारा नलागेसम्म निवेदकलाई पक्राउ गर्ने तथा थुनामा राख्ने कार्य नगर्नू-नगराउनू भनी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१ -१) बमोजिम विपक्षीहरुको नाउमा अन्तिरिम आदेश जारी गरिएको छ ।’ आदेशमा भिनएको छ ।

पाण्डे विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment