Comments Add Comment

प्रकोप पीडितलार्इ एनअाइसी एशिया र एनडीइपी बैंककाे ८ लाख सहयोग

NIC-ASIA-Bank-daibi-parkop-Sahayog

२५ भदाै, काठमाडौं । दैवी प्रकोप पीडितलार्इ एनआइसी एशिया बेैंकद्वारा प्रवर्द्धित एनआइसी एशिया फाउन्डेसन र एनडीइपी बैंकले नगद सहयाेग गरेका छन् ।

एनअाइसी एशियाले ५ लाख ५१ हजार रूपैयाँ र एनडीइपी बैंकले २ लाख ३६ हजार रूपैयाँ सहयाेग गरेका हुन् ।

दुबै बैंकले बुधबार उक्त रकम प्रधानमन्त्री  दैवी प्रकोप उद्वार कोषलार्इ प्रदान गरेका छन् । एनअाइसीका सञ्चालक समितिका सदस्य रामचन्द्र संघार्इ र एनडीइपी बैंकका अध्यक्ष सुवर्ण बहादुर बज्राचार्यले साे रकम बराबरकाे चेक प्रधानमन्त्री सुशील काेइरालालार्इ हस्तान्तरण गरे ।

त्यस्तै, बुटबल नेवाःसमाज समितिले ७५ हजार रुपैयाँ र चीनमा मेडिसिन अध्ययनरत विद्याथीहरुले ५७ हजार रुपैयाँ पनि प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले दाताहरुले उदारतापूर्वक दिएको रकम दुरुपयोग हुन नदिन यसपटक विशेष सतर्कता अपनाइएको पनि बताए । उनले वास्तविक पीडितलाई सहयोग पुर्‍याउनको लागि सबैको सजगता आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment