३० भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरुले महाधिवशेनको माग गर्दै सोमबार कांग्रेसका केन्द्रीय नेताहरुलाई पार्टी कार्यालय सानेपाभित्र घेराबन्दी गर्ने भएका छन् ।
नेविसंघको महाधिवेशन स्थगित गरिएको विरोधमा नेताहरुलाई पार्टी कार्यालयमा घेराबन्दी गर्न लागिएको नेविसंघका एक नेताले अनलाइनखबरलाई बताए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारै पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । लामो समय केन्द्रीय समितिको बैठक बस्न नसकिरहेका बेला प्रधानमन्त्री सुशील कोइराला अमेरिका जानुभन्दा ५ दिनअघि पार्टीको बैठक बस्न लागेको हो ।
‘महाधिवशेनको तयारी भइरहेका बेला स्थगित गरिएको महाधिवेशनको मिति घोषणा नगरेसम्म नेताहरुलाई कार्यालयभित्रै घेराऊ गरिन्छ र बाहिर निस्कन दिइने छैन,’ नेपाल विद्यार्थी संघका एक केन्द्रीय सदस्यले भने ।
केन्द्रीय कार्यसमितिको बैठक बस्ने बेलामा सभापति सुशील कोइरालाले ६ जना केन्द्रीय सदस्यहरुको मनोनयन गरेका छन् ।
प्रतिक्रिया 4