Comments Add Comment

भाषिक कला सुधार्न टि्वटर सहयोगी

Twitter-new-timeline

१ सय ४० अक्षरमा आफ्नो सोचाइ तथा विचार अभिव्यक्त गर्ने माध्यम टि्वटरले मासिनको भाषिक सीप सुधारमा सहयोग पूराएको एक नयाँ अध्ययनले देखाएको छ ।
यो तथ्य सिद्ध गर्नका लागि शोधकर्ताहरुले टि्वटरमा सबैभन्दा बढि प्रयोग गरिने विभिन्न १ सय वटा शव्दको विश्लेषण गरेका छन् ।
ती एक सय शव्दमध्ये जम्मा दुइवटा शव्दलाई मात्र छोटकरी बनाएर प्रस्तुत गरेको पाइयो । त्यसमध्ये एउटा RT ( re-tweet को छोटकरी) र अर्को U,  (You को छोटकरी) ।
त्यो बाहेकका अन्य शव्द जो औषतमा ४.५ ओटा अक्षरका छन् त्यसलाई यसरी खुम्चाइएको पाइएन ।
थोरै अक्षरहरुबाटै बुझ्ने अर्थ निकाल्न बाध्य पार्ने हुनाले टि्वटरले प्रयोगकर्ताको भाषामा सुधार गरिरहेको शोधकर्ताको निष्कर्ष छ ।
टि्वटरमा अक्षरको सीमा तय हुँदा प्रयोगकर्ताले आफ्ना टि्वटमा लामा शव्द प्रयोग गर्छन् । यसको अर्थ बढि अर्थपूर्ण शव्दको प्रयोग गर्न सकियोस् र छोटा शव्दबीचको धेरै स्पेसले अक्षरको ठाउँ खेर नफालोस् ।
डेटिङ तथा सोसल नेटवर्किङ वेबसाइट ओकेकपिडका संस्थापक क्रिस्टियन रडर्सको नयाँ पुस्तक ‘ड्याटाक्लिज्म : हु वी आर‘ मा टि्वटरका कारण प्रयोगकर्ताहरुमा भैरहेको भाषिक सुधारका विषयमा गरेको अध्ययन प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment