+

एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन

२०८२ कात्तिक  २० गते ११:४४ २०८२ कात्तिक २० गते ११:४४
एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन

२० कात्तिक, काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् ।

ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् ।

खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ ।

प्रदर्शनमा खेलाडीका साथै फुटबल समर्थहरु पनि छन् । प्रदर्शन सुरु भएपछि एन्फामा सुरक्षा व्यवस्था कडा पारिएको छ । एन्फाको गेट बन्द छ । भित्र  प्रवेश गर्न रोक लगाइएको छ ।

एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको थियो ।

तस्वीर : विकास श्रेष्ठ

एन्फा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय