बलिउडमा जती लुकाएपनि कलाकारको प्रेम लुक्न सक्दैन । यस्तै भएको छ, यतिबेला ‘आशिकी २’ सफल कलाकार आदित्य रोय कपुर र श्रद्धा कपुरलाई ।
दुई जनाको प्रेमको चर्चा बलिउडमा चल्न थालेको लामो समय भैसकेको छ । तर, दुबैले यो कुरालाई अस्विकार गरिरहेका छन् ।
तर, हालै मात्र आफ्नो नयाँ सिनेमा ‘दावत ए इश्क’को प्रमोशनका क्रममा आदित्यले श्रद्धाका लागि रिङ किनिदिएको बताइएको छ । भारतको चर्चित पत्रिका ‘मिड डे’ले यो कुरा खुलाउँदै भनेको छ,’एक ज्वलेरी पसलमा आदित्य आउने खबर फैलिएपछि करिब १५ हजार मानिसको भिड लागेको थियो ।’ यसपश्चात आदित्यले आफू बसेको होटलबाट अर्को ज्वेलरी पसलमा अर्डर गर्दै श्रद्धाका लागि रिङ किनिदिएका थिए ।
परिणिती चोपडासँग सिनेमाको प्रमोशनमा निस्कदा आदित्यले श्रद्धाका लागि रिङ किनिदिएका हुन् । यी दुई कलाकारले आफ्नो प्रेमलाई कहिले उजागर गर्ने हुन्, हेर्न बाँकी नै छ ।
प्रतिक्रिया 4