+
+
Shares

नेपालमा टीभीएस रोनिनका मोनोटोन र एगोन्डा भेरियन्ट सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जगदम्बा मोटर्स प्रालिले नेपालमा टीभीएस रोनिनका नयाँ मोनोटोन र एगोन्डा भेरियन्ट सार्वजनिक गरेको छ ।
  • यी नयाँ भेरियन्टको मूल्य क्रमशः ४ लाख २९ हजार ९ सय र ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
  • नयाँ मोटरसाइकलमा २२५.९ सीसी क्षमताको इन्जिन र आधुनिक प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ ।

२१ जेठ, काठमाडौं । जगदम्बा मोटर्स प्रालिले नेपालमा टीभीएस रोनिनका नयाँ मोनोटोन र एगोन्डा भेरियन्ट सार्वजनिक गरेको छ। नयाँ भेरियन्ट सार्वजनिकसँगै कम्पनीले नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियो थप विस्तार गरिएको जनाएको छ।

काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएका यी भेरियन्टले टीभीएस रोनिन लाइनअपमा आधुनिक–रेट्रो शैली तथा आधुनिक क्रुजिङ अनुभवलाई थप मजबुत बनाएको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रङमा उपलब्ध हुनेछ। यसको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी टीभीएस रोनिन एगोन्डा पर्ल ह्वाइट रङमा उपलब्ध हुनेछ, जसको मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

एगोन्डा भेरियन्ट भारतको गोवास्थित प्रसिद्ध एगोन्डा बीचबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। यसमा सेतो आधार रङ, फ्युल ट्याङ्कीमा निलो र रातो रेट्रो पिनस्ट्राइप तथा विशिष्ट डिजाइन समावेश गरिएको छ।

कम्पनीका अनुसार यसले आधुनिक–रेट्रो डिजाइन र समकालीन इन्जिनियरिङको संयोजन प्रस्तुत गर्छ। रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन जडान गरिएको छ, जसले ७,७५० आरपीएममा २०.४ पीएस शक्ति र ३,७५० आरपीएममा १९.९३ एनएम टर्क उत्पादन गर्छ।

मोटरसाइकलमा ग्लाइड थ्रु टेक्नोलोजी, असिस्ट एन्ड स्लिपर क्लच तथा ४१ एमएम अपसाइड–डाउन फ्रन्ट फोर्क्सजस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार टीभीएस रोनिनले मोटरसाइकलिङको अवधारणालाई आत्मसात गर्दै शैली, व्यक्तित्व र आधुनिक क्रुजिङ अनुभवको संयोजन प्रदान गर्छ।

नयाँ भेरियन्टमार्फत नेपालका युवा राइडरहरूलाई थप आकर्षक र प्रिमियम विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?