+
+
Shares

विद्यार्थीले उच्चमाविमा ताला लगाए

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ५ गते ९:४८

५ असोज, रोल्पा । शैक्षिक वातावरण व्यवस्थापनको माग गर्दै रोल्पा जुगार ४ नेर्पा बजारमा रहेको जनजागृती उच्च माध्यामिक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।
विगत ३ महिनादेखि विज्ञान, गणित र स्वास्थ्य विषयका शिक्षक नहुदा पढाइ नै प्रभावित भएर आफ्नो भविष्य बर्बाद हुने भन्दै कक्षा ११ र १२ का विद्यार्थीले समिती नै गठन गरेर विद्यालयमा ताला लगाएका हुन् ।

विषयगत शिक्षकको व्यवस्था गर्न, कक्षा कोठामा फर्निचरको उचित व्यवस्थापन गर्न, अतिरिक्त क्रियाकलापको आयोजना गर्न तथा प्रयोगशाला स्तरीय बनाउनुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गरेको विद्यार्थीले मागमा विद्यालय प्रशासनले उचित सुनुवाई नगरेपछि तालाबन्दि गर्नुपरेको आन्दोलन परिचालन समितिका अध्यक्ष जीवराज बीसीले बताए ।

आफुहरु उज्जवल भविष्य बनाउने उद्देश्यका साथ उच्च शिक्षाको लागी जनजागृती उच्च माध्यामिक विद्यालयमा भर्ना भए पनि पठनपाठनको वातावरण प्रभावकारी नभएकाले राम्रो व्यवस्थापनको माग गर्दे आन्दोलन गरेको उपाध्यक्ष दीपा थापाले बताइन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।
शंकर केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?