Comments Add Comment

खसीबोका समयमै आपूर्ति गर्न खाद्य संस्थानलाई निर्देशन

७ असोज, काठमाडौं । सरकारले दशैंका खसीबोका समयमा आपूर्ति गर्न खाद्य संस्थानलाई निर्देशन दिएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालयका सचिव शान्ताराज सुवेदीको नेतृत्वमा गएको अनुगमन टोलीले समयमै स्वस्थ खसीबोका आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

अनुगमन टोलीले खाद्य संस्थानलाई वास्तविक उपभोक्ता पहिचान गरेर मात्र खसीबोका तथा खाद्यन्न बिक्री वितरण गर्न पनि आग्रह Dasailai-Khasiगरेको छ । साथै, गुणस्तर र मूल्यमा समेत ध्यान पुर्‍याउन निर्देशन दिएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको छ ।

सोमबार टोलीले खाद्य संस्थानसहित रामशाहपथमा सञ्चालित सुपथ मूल्य पसल, नेशनल ट्रेडिङको टेकुस्थित उपत्यका बिक्री व्यवस्थापन कक्ष, साल्ट ट्रेडिङ कर्पोरेशनको कालिमाटीस्थित बिक्री कक्ष र जावलाखेलमा सञ्चालित सुपथ मूल्य पसलमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा साविक मूल्य र छुट मूल्य स्पष्ट नभएको, सुपथ मूल्य पसलको बढी प्रचार-प्रसार नभएको, वस्तु छनौटमा कठिनाई भएको जस्ता कमिकमजोरी फेला परेको विभागले जनाएको छ ।

रामशाह पथमा दुग्ध विकास संस्थान, खाद्य संस्थान, साल्ट टे्रडिङ र नेशनल ट्रेडिङले संयुक्त रुपमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा साविक मूल्य र छुटपछिको मूल्य स्पष्ट देखिने गरी मूल्यसूची राख्न अनुगमन टोलीले निर्देशन दिएको छ ।

त्यस्तै, वास्तविक उपभोक्तालाई वस्तु बिक्री गर्न, मूल्य र गुणस्तरमा सचेत रहन पनि अनुगमन टोलीले निर्देशन दिएको विभागले जनाएको छ ।

साल्ट ट्रेडिङलाई नियमित बिक्री वितरणलाई कायम राख्न, गुणस्तरीय समान ठीक मूल्यमा बिक्री गर्न, उपभोक्ताको सुविधाका लागि थप स्थान तथा सेडको व्यवस्था गर्न र वस्तु छनौटको सहज व्यवस्था गर्न दिर्नेशन दिइएको छ ।

नेशनल ट्रेडिङलाई पनि अनुगमन टोलीले वास्तविक उपभोक्तालाई मात्र सहुलियत दरको समान बिक्री गर्न, गुणस्तर र मूल्यमा ध्यान दिन, प्रचार-प्रसार बढाउन निर्देशन दिएको छ ।

जावलाखेलमा सञ्चालित सुपथ मूल्य पसलमा भिडभाडमा दोहोर लाइन बनाएर बिक्री व्यवस्थ ागर्न, एकै व्यक्तिलाई सहुलियत वस्तु बारम्बार नदिन र आपूर्ति सहज एवं नियमित गराउन निर्देशन दिएको छ ।

अनुगमन टोलीमा सचिव सुवेदीसहित आणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण गोपाल मेलेगो, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत रमेश कुमार शर्मा, विभागका महानिर्देशक नारायण प्रसाद विडारी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment