+
+
Shares

अनुसन्धानको डीएसपी हुँ भनी ठगी गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ७ गते १७:५१

Deepak-dhakal

७ असोज, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको डीएसपी नविन सिंह खड्काको नाममा ठगी गर्दै हिडेका युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा तान्द्राङ २ का ३१ वर्षीय दिपकप्रसाद ढकाल छन् ।

उनले केही समयदेखि विभिन्न व्यक्तिहरुलाई फोन गरी आफू राष्ट्रिय अनुसन्धान विभागको डीएसपी नविन सिंह खड्का भएको र चिनजानको गोरखाका टुहुरो केटोको मुटुको सर्जरी गर्नु पर्ने भएकाले आर्थिक सहयोग भन्दै पैसा मागेको प्रहरीले जनाएको छ ।

उनले टुहुरो केटो भनेर आफ्नो असली नाम बताउने गरेका थिए । सहयोग नगरे काम गरेर खान नसक्ने स्थित बनाईदिन्छु भनी धम्क्याउने गरेका थिए ।

४ बर्ष देखि नै विभिन्न वरबाहाना बनाई ठगी गर्ने र आईएमईमार्फत आफ्नो रकम पठाउन लगाएर लिने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनको साथबाट ७५ हजार नगद, पासपोर्ट, नेपाल बैंक, बैंक अफ काठमाण्डौ र कुमारी बैंकको चेकबुक, मोबाइल र पैसा माग्ने प्रयोग गर्न सीम बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?