Comments Add Comment

चिलिमेका सेयरधनीको प्रतिकित्ता ९९९ रुपैयाँ चिलिम !

पुष्प दुलाल

८ असोज, काठमाडौं । पछिल्लो समय चिलिमेका सेयरधनीले नोक्सानी ब्यहोर्नुपरेको छ । साउन ५ गतेयतामात्रै चिलिमेका सेयरधनीले एक कित्तामा ९ सय ९९ रुपैयाँ गुमाएका छन् ।

साउन ५ गतेेदेखि असोज ७ गतेसम्म नेप्सेमा ४० दिनमात्रै कारोबार भएको छ । कारोबार भएको दिनलाई आधार मान्दा प्रत्येक कारोबार भएको दिन चिलिमेका सेयरधनीले औषतमा २५ रुपैयाँ गुमाएका छन् ।

Chilime-indexसाउन ५ गते चिलिमेको प्रतिकित्ता सेयर मूल्य २७ सय ३९ रुपैयाँ थियो । उक्त दिन १० हजार कित्ता सेयर २ करोड ८७ लाख रुपैयाँमा किनबेच भएको थियो ।

असोज ७ गते ९ सय ९९ रुपैयाँले घटेर १७ सय ४० रुपैयाँमा झर्‍यो । यस दिन ४ हजार ४ सय कित्ता सेयर ७७ लाख ६५ हजार रुपैयाँमा किनबेच भयो ।

किन घटिरहेको छ चिलिमेको सेयरमूल्य ?

चिलिमेको सेयर मुल्य घट्नुका पछाडि धेरै कारणहरु छन् । बैंक तथा वित्तीय संस्थाहरुले अत्यधिक लगानी गरेर चिलिमेको सेयर मूल्य बढेको र उनीहरुले लगानी गर्न छाडेपछि घटेको एकाथरिको तर्क छ । त्यस्तै समग्र सेयर बजार घटेकाले त्यसको असर चिलिमेमा पनि परेको पनि विश्लेषण गरिएको छ ।

यी कारणसँगै साउन ६ गते नेपाल विद्युत प्राधिकरणले आयोजनाका प्रवन्ध निर्देशक घिसिङलाई फिर्ता बोलाउने निर्णयको विरुद्धमा स्थानीयहरु आन्दोलनमा उत्रिएपछि त्यसको असर सेयरमा देखिएको विश्लेषकहरु बताउँछन् ।

‘कम्पनीमा कुनै पनि किसिमको विवाद उत्पन भयो भने त्यसले सेयर मुल्यमा प्रभाव पार्छ’ एक विश्लेषकले अनलाइनखबरसँग भने -चिलिमेको सेयर मुल्य ‘बाघ पनि कराउनु बाख्रो पनि हराउनु’ जस्तै भयो । नेप्से सूचक घट्न थालेको अवस्थामा, एक महिनासम्म आयोजना बन्द हुँदा त्यसको अझ बढी असर परेको उनले बताए । 

त्यसो त साउन ५ गते १०८३ अंकमा रहेको नेप्से इन्डेक्स असोज ७ गते ८९४ अंकमा झरेको छ । नेप्से इन्डेक्स झरेसँगै चिलिमेको सेयर मूल्य पनि घटेको हो ।

आन्दोलनले ३० करोड घाटा

स्थानीय आन्दोलनले एक महिनाभन्दा बढी निर्माणधिन १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२.५ मेगावाट क्षमताको साञ्जेन आयोजना ठप्प भयो । जसले चिलिमेलाई दैनिक ७७ लाख रुपैयाँ नोक्सानी पुर्‍याएको आयोजनाका अधिकारीहरु बताउँछन् ।

के हो घिसिङकाण्ड ?

प्राधिकरणका अनुसार घिसिङको ४ वर्षे कार्यकाल गत असार ५ गते सकिएको थियो । उनले असार २९ गते कार्यकाल थप गर्ने प्रस्तावसहित सञ्चालक समितिको बैठक बोलाए ।

केही सञ्चालक र चिलिमेको कानून विभागले उनको कार्यकाल सकिइसकेकाले नवीकरण नगरी घिसिङको अध्यक्षतामा बैठक बस्न नसक्ने बताए ।  आयोजनामा विवाद उत्पन्न भएपछि घिसिङलाई प्राधिकरणले अर्को कार्यकालका लागि नियुक्ति नगरी फिर्ता बोलायो ।

चिलिमे आयोजनाको लगानीकर्ता विद्युत प्राधिकरणको भएकाले उसले आफ्ना कर्मचारीलाई कार्यकारी प्रमुखकमा नियुक्ति गर्छ । तर, स्थानीयले घिसिङलाई राजनीतिक आस्थाका आधारमा हटाइएको भन्दै अर्को कार्यकालका लागि पनि नियुक्ति गर्नुपर्ने तर्क छ ।

आरोप प्रत्यारोप

राम्रो काम गरिरहेका घिसिङको कार्यकाल थप गर्नु पर्ने भन्दै कतिपयले स्थानीयको आन्दोलनलाई समर्थन गरेका छन् भने कतिपयले घिसिङले पैसा खुवाएर ससुराली गाउँबाट मान्छे ल्याएर आन्दोलन गरेको तर्क गरेका छन् ।

चिलिमेका कार्यकारी प्रमुखलाई उसले निर्माण गर्ने निर्माणाधीन २ सय ७३ मेगावाटको ‘लिगल कमिसन’ नै करोडौं रुपैयाँ आउने भएकाले यो पदका लागि मन्त्री, नेता र कर्मचारीका लागि विषेश चासो हुने गरेको जानकार बताउँछन् ।

२९५ मेगावाटका ६ आयोजना

चिलिमे जलविद्युत आयोजनासँग २ सय ९५ मेगावाटका ६ आयोजना छन् । जसमध्ये चिलिमेले २२ मेगावाट विद्युत उत्पादन गरिरहेको छ भने २ सय ७३ मेगावाटका पाँच आयोजना निर्माणधिन छन् ।
जसमा १ सय ११ मेगावाटको रसुवागढी, १०५ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन निर्माणधीन छन ।

निर्धारित समयमा काम सम्पन्न भए माथिल्लो साञ्जेनबाट २०१६ मे २६ देखि र साञ्जेनबाट २०१६ डिसेम्बर ४ देखि विद्युत उत्पादन हुने बताइएको छ ।

मिति प्रतिकित्ता सेयरमूल्य रुपैयाँमा
साउन ५ गते (२१ अगस्ट) २७३९
२७३०
२७००
२६५०
११ २५९०
१२ २५९७
१४ २६१७
१५ २६८५
१८ २६३५
१९ २६०३
२० २६१५
२१ २५८६
२२ २५८२
२७ २५४०
२८ २५६०
२९ २५३०
भदौ २ गते २४४५
२४५४
२३९४
२२५०
२२००
२०६१
१० २१३७
११ २३४९
१२ २४३३
१६ २३१९
१७ २३०५
१८ २२५४
१९ २२३०
२२ २०७१
२४ २२७४
२५ २१७०
२६ २१३०
२९ २१३०
३० २१३५
३१ २१९५
असोज १ २०८०
२०५४
२००
२१४३
१७४०
कूल -४० दिन) ९९९ रुपैयाँले घट्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment