Comments Add Comment

एप्पलको जागिर नकार्ने १९ वर्षे ठिटोको सफलताको कथा

John-Meyer
एप्पल प्रमुख कार्यकारी अधिकृत टीम कुकसँग जोन मेयर

केही दिनअघि १९ वर्षे जोन मेयरले प्रतिष्ठित विश्वविद्यालयको कम्प्युटर प्रविधि कार्यक्रम त्यागे । त्यसको मुख्य उद्धेश्य थियो-आफ्नो नयाँ न्यूज एप फ्रेस्को न्यूजमा पूर्णरुपमा लागेर काम गर्ने ।
उनको यस्तो निर्णयप्रति उनका अभिभावक खुसी थिएनन्, सुरुमा । उनी न्यूयोर्क विश्वविद्यालयका विद्यार्थी थिए जहाँ उनकी आमा स्वयं प्राध्यापक हुन् ।
छोराको यस्तो लहडी निर्णयप्रति बुवाआमाले सुरुमा असहमति जनाए पनि अन्ततः छोराको कदमको समर्थन गरे । मेयर कम्प्युटर प्रोग्राम निर्माणमा दक्ष भैसकेको र सफल पनि भएको देखेका बुवाआमा छोराको निर्णय सही भएकोमा ढुक्क भए ।
उनले माध्यामिक तहमा अध्ययन गर्दाको समयमा सन् २००८ देखि नै एप्सका विषयमा लेख्न थालेका थिए आफुलाई कम्प्युटर प्रोगामिङ भाषा अब्जेक्टिभ सी बारेमा जानकार बनाएर ।  स्कुल पढ्ने समय देखि नै उनले पैसा कमाउन थालिसकेका थिए ।
‘पैसाको मामिलामा म भाग्यमानी हुँ । मैले काम थालेको एक वर्ष देखि नै आर्थिक रुपमा आफुलाई धान्न थालेँ’ उनी भन्छन् ।
आइफोनका एप बारेमा लेख्न थालेपछि भने उनले प्रसस्तै पैसा कमाउन थाले, जतिबेला उनले बल्ल कलेज पढ्न सुरु गरेका थिए । उनले आफ्नो जीवन धान्न मात्र होइन विश्विद्यालयको शुल्क समेत आफै तिर्न सक्ने भए ।
उनले सुरु गरेको नयाँ न्यूज एप फ्रेस्को न्यूज एक प्रकारले इन्स्टाग्राम, टि्वटर तथा फि्लपबोर्ड बीचको चौबाटो हो जसले विभिन्न ठूला घटनाहरुमा सर्वसाधारण मानिसले खिचेका तस्वीरहरुको माध्यमबाट समाचार कथा तयार पार्दछ ।
हामीले उनको आम्दानी खुलासा गर्न कर गर्यौँ तर त्यसलाई सार्वजनिक नगर्ने बाचा गर्यौँ । त्यसपछि थाहा पाइयो की उनले कमाउने रकम भनेको विश्वका उत्कृष्ट टेक कम्पनीका सफ्टवेयर इन्जिनियरले कमाउने भन्दा धेरै रहेछ ।
आफ्नो एप कम्पनी ट्याप मिडियाको माध्यमबाट उनले झण्डै ४० वटा एप तयार पारेका छन् जसका कारण उमेरमा निकै काँचो भएपनि उनको एप पोर्टफोलियो प्रभावकारी रुपमा स्थापित भैसकेको छ ।
उनले तयार पारेका एप मध्ये आइफोन फोर को फ्लास लाइट एप ‘जस्ट लाइट एक हो । जो अहिलेसम्म २० लाख पटक डाउनलोड भैसकेको छ ।
अघिल्लो वर्ष आइओएस सेभेनमा रहेको ‘फर्स्ट शट’ एपले पनि ठूलै तहल्का मच्चायो । जुन पहिलो ४ दिनमै ६० हजार पटक डाउनलोड भएको थियो । यसले आइफोन क्यामेराको मुस्कान तथा आइ डिटेक्सन फिचर्स प्रयोग गरी उत्कृष्ट ग्रुप फोटो लिन सहयोग गर्छ । समूहको तस्वीर लिँदा सबैजना मुस्काएको तथा कसैले पनि आँखा नचिम्लिएको बेलामा मात्र क्लिक हुन्छ यो एप मार्फत ।
एप्पलको अफर
उनको यो प्रतिभा देखेर एप्पलले उनलाई आफ्नो कम्पनीमा प्रशिक्षार्थी हुन बोलायो । एप्पलले प्रशिक्षार्थी बन्न बोलाउने कुरा सायद प्रविधिका सबै विद्यार्थीको सपनाको कुरा हुन्छ । एप्पलल प्रशिक्षार्थीलाई सित्तैमा काम लगाउँदैन । महिनामा साढे ५ हजार डलर भन्दा बढि रकम दिन्छ । तर मेयेरले एप्पलको निम्तोलाई अस्विकार गरे ।
‘मैले रोजगार प्रदायकबाट सबै समयमा इमेल प्राप्त गर्छु र गएको गृष्ममा एप्पलले प्रशिक्षार्थी बन्ने अफर गर्यो ।’ उनी भन्छन- तर, म आत्मैदेखि एक व्यवसायी हुँ । म अरु कसैको लागि काम गर्दा खुसी हुन सक्दिन ।’
उनी जिन्दगीको ठूलो अवसर गुमाएकोमा दुखी छैनन् । आफुले चाहेमा एप्पलले फेरी पनि बोलाउनेमा उनी ढुक्क छन् ।
१६ वर्षदेखि नै मेयेर एप्पलले आयोजना गर्ने ठूलो समारोहहरुमा सहभागी हुँदै आएका छन् र एप्पलका उच्च पदस्थ कर्मचारीसँग उनको राम्रै हिमचिम छ । पहिलोपटक एप्पलको डेभलपर्स सम्मेलनमा भाग लिँदा उनी १६ वर्षको थिए र उनका बुवाले त्यो मौका जुराइदिएका थिए । त्यस्तो सम्मेलनमा १८ वर्ष भन्दा मुनिकाले भाग लिन पाउँदैनन् । तर प्लासलाइट एपको सफलताले उनलाई सम्मेलनको ढोका खोलिदियो ।
त्यसपछि एप्पलले आफ्नो वाषिर्क सम्मेलनमा एक किशोर कार्यक्रम सिर्जना गर्यो । जसले उनलाई आफ्नो उमेरका अन्य प्रोग्रामर्सहरुसँग भेट्ने मौका मिल्यो ।
मेयेर एक प्रतिष्ठित ‘थिएल फेलोसिप’का फाइनालिस्ट समेत हुन् । अर्वपति पिटर थिएलले स्थापना गरेको उक्त फेलोसिपमा स्कुल छाडेर कम्पनी सुरु गरेका विद्यार्थीहरुका लागि लक्षित थियो । त्यसमा छानिएका ४० जना फाइनालिस्टमा उनी परे तर, अन्तिम २० जनामा उनको नाम अटेन ।
तर पनि उनले चित्त दुखाएनन् । फ्रेस्कोलाई पैसा कमाउने माध्यमको रुपमा परिणत गर्ने विषयमा केन्द्रित भए र त्यसका सम्भावित ग्राहक न्यूयोर्क टाइम्स तथा वाल स्ट्रिट जर्नल सँग कुराकानी गरे ।
उनले कलेज जान ठ्याक्कै छाडेका पनि छैनन् र कहिलेकाहीँ जान्छन् पनि । तर अहिले उनले खुसी र मुनाफा दुबैका लागि एप्समा रमाइरहेका छन् ।

-बिजनेस इनसाइडरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment