+
+
Shares

फेसबुकका पूर्व कर्मचारीले खोले नयाँ सोसल साइट, जहाँ पुरुषलाई बन्देज छ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १० गते १७:३९

womanविश्वको नम्बर वान सोसल नेटवर्किङ साइट फेसबुकका एक पूर्व कर्मचारीले नयाँ सोसल नेटवर्क साइट बनाएका छन् ।

विश्वमा असंख्य सोसल साइट खुलिसकेको अवस्थामा एक नयाँ साइट थपिनु कुनै आश्चर्यको कुरा नहुनुपर्ने हो । तर सुजेन जोनसनले लञ्च गरेको सोसल साइट Women.com ले जबरजस्त चर्चा पाएको छ । यसको मुख्य कारण यो पुरुषहरुका लागि बर्जित छ ।

प्रश्नोत्तरमा आधारित यो सोसल साइट केवल महिलाहरुले मात्र चलाउन पाउँछन् । जोनसनका अनुसार यो नेटवर्कले महिलाहरुलाई एक अर्कामा जोड्न सहयोग गर्नेछ । यसमा महिलाहरुले एक अर्काबीच खुलेर कुरा गर्न सक्नेछन् र त्यसमा पुरुषले कुनै दखल पूराउन सक्नेछैनन् ।

यो साइटमा महिलाहरुले आफ्नो करिअर, रिलेशनसीप, स्वास्थ्य, सौन्दर्य, राजनीति तथा फेसन लगायतका विषयमा बहस गरेर समाधानको मार्ग समेत पहिल्याउन सक्ने दाबी गरिएको छ । यसमा हुने पूरै संवाद एकै प्लेटर्फममा हुने भएकाले प्रयोगकर्तालाई आफ्नो समस्याको समाधानको विकल्पहरु धेरै उपलब्ध हुनेछ ।

अन्य सोसल साइटमा महिलाहरुमाथि घोचपेच हुने तथा आफ्ना कुराहरु राख्न समेत महिलाहरु हिच्किचाउनु परेको हुुँदा Women.com महिलाहरुका लागि पहिलो रोजाइको सोसल साइट बन्ने दाबी यसका संस्थापकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?