Comments Add Comment

सानिमा बैंकले खोल्यो एकैदिन ६ शाखा, आइतबार दुई शाखा खोल्दै

११ असोज काठमाडौं । सानिमा बैंक लिमिटेडले एकैदिन देशभर ६ शाखा विस्तार गरेको छ ।  बिर्तामोड, धरान, इटहरी, जनकपुर, कलैया र सिद्धार्थनगरमा शुक्रबार शाखा स्थापना गरेको हो ।

पूर्वाञ्लमा खोलिएका शाखाको उदघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले गरे भने पअsanima bankन्य शाखाको उदघाटन बैंकका सञ्चालकले गरे ।

विस्तारित सबै शाखाबाट सम्पूर्ण बंैकिङ्ग सुविधा प्रदान गर्ने दाहालले बताए । बैंकको सहभागिताले शहर विकासमा थप सहयोग मिल्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।

बैंकले असोज १२ गते लाहान र वीरेन्द्रनगरमा दुई शाखा खोल्ने जनाएको छ । गत असार मसान्तसम्ममा २४ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा बैंकले ४५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत (३३ करोड रुपैयाँ बराबरका) बोनस सेयर दिने घोषणा गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।

हाल बैंकले प्रबाह गरेको कर्जामा ०.०२ प्रतिशत मात्रै खराब कर्जा छ । यो सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा कम हो । त्यसैगरी कूल कर्जाकेा ४.५६ प्रतिशत रियलस्टेट कर्जा छ भने पुँजीकोष १२.५४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment