चलचित्र ‘वास्तव’को निर्माण हुने भएको छ । निरज घिमिरेले निर्देशन गर्न लागेको यो सिनेमाको घोषणा काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै गरिएको हो । पोखरा, मुडे, काठमाण्डौ, हेटौडा लगायतका स्थानमा छायांकन गर्न लागिएको सिनेमालाई गोपाल स्याङत्याङले निर्माण गर्दैछन् ।
चलचित्रमा गरिमा पन्त, आयुष रिजाल, विरेन डीसी, सुनिलदत्त पाण्डे, उत्तम खड्का लगायतका कलाकारको अभिनय रहने बताइएको छ । चलचित्रमा टंक बुढाथोकीक र मनोजराज भण्डारीको संगीत, हिमाल केसीको द्वन्द्व, पवन गौतमको छायांकन रहनेछ । ४० लाखको लगानीमा बनाउन लागिएको सिनेमालाई ३५ दिनमा सक्ने योजना निर्माणपक्षले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4