Comments Add Comment

कलाकारको दसैं: पिङ र दक्षिणाको याद

keki-deepa-anita

अनिता आचाय (नायिका)

चलचित्र ‘सरी ल’ डेब्यू हिरोइन अनिता आचार्य पिङको खुबै सौखिन हुन् । उनी सानोमा साथीहरुसँग झगडा गरेर भएपनि पिङ खेल्थिन् । सानोमा पिङसँगै दक्षिणाको महत्व पनि खुबै हुन्छ । कलाकार अनिता आचार्य साथीहरुसँग टीका लगाएर पाएको दक्षिणा गनेर धाक लगाउँन निक्कै मज्जा आउथ्यो भन्छिन् । तर, अब समय फेरिएको छ । यसपल्ट पनि उनी आफ्नो गृहस्थान धुलिखेलमा दसैं मनाउने तयारीमा छिन् । उनलाई परिवार, आफन्त, साथीसंगीसँग हुने भेटले दसैं विशेष लाग्छ ।

रिनासा राई (कोरियोग्राफर)

सात बर्षपछि न्यूयोर्कमा रहँदै आएकी बहिनी नेपाल आउने भएकाले पनि कोरियोग्राफर रिनाशा राई निक्कै खुशी छिन् । काठमाण्डौमा टीका लगाए लगतै उनी बहिनीसँग विभिन्न स्थानमा घुम्न जाने योजनामा छिन् । अहिले जतिसुकै योजना बुनेपनि, पैसा खर्च गरेपनि पहिलेको जस्तो दसैंको रमाइलो नभएको उनको वुझाई छ । चितवन र लुम्बिनी दसैंको टीका लगाएर घुम्न जाने पक्का भएको रिनाशा बताउँछिन् ।

केकी अधिकारी (नायिका)

दसैंलाई रिसराग हटाउँने पर्वको रुपमा पनि लिइन्छ । कलाकार तथा मोडल केकी अधिकारी दसैंलाई यस्तै समयको रुपमा हेर्छिन् । दसैंमा मनमा कुँडिएका कुराहरुलाई खोल्ने समय हो भन्छिन् केकी । अरु समयमा काममा व्यस्त भइने भएकाले पनि दसैंमा साथीसंगीसँग मनको गाँठो खोल्न सजिलो हुने केकीको भनाई छ । यसपटकको दसैंमा उनले परिवारसँग रमाइलो गर्ने, मस्त तास खेल्ने, आफन्तसँग भेटघाट गर्ने योजना रहेको सुनाइन् । दसैंमा पुर्खौली घर विराटनगरमा हुने रमाइलो उनको लागि सधै नै अविस्मरणिय छ ।

आस्था राउत (गायिका)
गायिका आस्था राउतलाई असोज १ गतेबाट नै दसैं लागेको छ । सिक्किममा असोज १ गते उनले एउटा कार्यक्रम गरिन् । फूलपातिको दिन कालिम्पोङ जान लागेकी उनी टीकाको दिन दुबई पुग्नेछिन् ।
गतबर्ष राजेश हमाल र कोमल वलीको हातबाट टीका लगाएकी उनी यसबर्ष कसको आर्शिवाद थाप्छु, थाहा छैन भन्छिन् । कार्यक्रम सकेर दुबइमा मस्ती गर्ने योजना उनको छ ।

टीका पुन (गायिका)

विगत ५ बर्षदेखि विदेशमा दसैं मनाउँदै आएकी टीका पुनले यसपल्ट भने परिवारसँगै रमाइलो गर्ने बताएकी छिन् । सुर्खेतस्थित आफ्नो पुख्र्यौली घरमा भव्य रुपमा दसैं मनाउने उनले बताइन् । सुर्खेतको देउती बजैको मन्दिरमा पुजापाठ गर्ने योजना बनाएकी चर्चित लोक गायिकाले टीकाको दिनमा भने परम्परा अनुसार आर्शिवाद थाप्ने अनि नाचगान गर्ने योजना बुनेकी छिन् ।

दीपाश्री निरौला (हाँस्य कलाकार)  

कलाकार दीपा श्री निरौला कहिले बिहे हुन्छ भन्न सक्दिन भन्छिन् । तर उनको मनमा भने कोही व्यक्ती छ । बिबाह भएको भए उनी श्रीमानको साथमा घर र माइती पुग्थिन् होला । तर, अविवाहित दीपाले यसपटक पनि दसैं मनाउन विराटनगर जाने बताइन् ।

विराटनगर पुगेर नवमीको दिनमा कालीथानमा नपुगेसम्म दसैं आएको जस्तो उनलाई लाग्दैन । सानो बेलाको याद संझिएर उनी अहिले पनि मामाघर  जान्छिन् ।

मामाघर टीका लगाएर दिएको दक्षिणा हेर्ने सानोदेखिको बानी अहिले पनि गएको छैन । दसैंमा अहिले के फरक पाउँदैछिन् त दीपा, भनिन्-‘सानोमा आमाबुबाले कपडा किनिदिनुहुन्थ्यो, अहिले आफै किन्नुपर्दछ ।’

‘तर, अहिले लुगा र मासुको महत्व हराउँदै गएको भन्ने लाग्छ उनलाई । आखिर, पर्याप्त भएपछि यसको महत्व हराउँछ’, दीपाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment