Comments Add Comment

मन्दिरको भेटीमा पुजारी परिवारको अंशबण्डा

Bindyabasini

२२ असोज, पोखरा । मुलुकमा गणतन्त्र आएको यतिका वर्ष भए पनि पोखराको विन्ध्यवासिनी मन्दिरमा त्यसको झल्कोसम्म छैन । यहाँ पुर्खौदेखि पुजारीको सन्तानले नै कब्जा जमाइरहेका छन् । भक्तजनले चढाएको भेटीजति सवै उनीहरुकै निजी सम्पत्ति बन्ने गरेको छ ।

विन्ध्यवासिनी मन्दिरमा जम्मा हुने भेटी महिनामा पाँच लाख रुपैंयाँजति पुग्ने अनुमान छ । ‘मन्दिरबाहिर हामीले राखेको दानपात्रमा त एकलाख जति उठ्छ भने मुल मूर्तिमै चढाइने भेटी त्यो भन्दा धेरै गुणा बढी हुन्छ,’ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले भने । दानको पैसाबाटै समितिले मन्दिरको रेखदेख, बिजुली -पानीको तिरोतारो र आवश्यक मर्मतसम्भार लगायत काम गर्छ, नागरिक दैनिकमा खबर छ ।

मन्दिरका मूल पुजारी रुद्रनाथ पौडेल हुन् । उनीबाहेक श्रीराम, बाबुराम, माधव, कालिका, कृष्णप्रसाद पौडल पुजारी छन् । रुद्र र अरु भाइभाइका छोरा हुन् । आफ्ना बाजे पुजारी भएकै आधारमा मन्दिरमा पूजा गर्ने पालो उनीहरुले अंशबण्डा गरेका छन् । एक भाइका छोरा रुद्र एउटै मात्र भएकाले उनको पालो वर्षमा ६ महिनामा आउँछ भने अरुको ६ महिना पर्छ । कुनै जमानामा राजाका छोरा राजा हुन देश भागबण्डा गरेजस्तो उनीहरु पनि पुजारीका सन्तान भएकै आधारमा मन्दिरको आम्दानी आफूखुशी बाँडिरहेका छन् ।

कास्कीका तत्कालिन राजा सिद्धिनरसिंह शाहले ‘लालमोहर लगाएर दिएको’ भन्ने आधारमा पौडेल दाजुभाइले विन्ध्यवासिनी मन्दिरको भेटी लिने गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment