Comments Add Comment

प्रेमिकाको लास अपहरण गरेर इन्टरनेटमा अपलोड

dead-girlfriend
आफ्नी प्रेमिकाप्रतिको अगाध प्रेम र समर्पण सिद्ध गर्नका लागि एक युवकले भयानक काम गरेका छन् ।

उनले आफ्नी प्रेमिकाको लास अपहरण गरे । यतिले मात्र पुगेन उनले आफ्नो गाडीको पछिल्लो सिटमा मृत प्रेमिकालाई राखेर खिचिएको दुबैजनाको तस्वीर  सोसल साइटमा अपलोड भयो ।

सोसल साइट रेडिटमा अपलोड भएको दर्दनाक तस्वीर हंगामा नै मच्चायो । बोइल्ड एग्स नामबाट रेडिटमा उक्त तस्वीर अपलोड भयो । त्यसको क्याप्सनमा लेखिएको थियो, ‘क्यालिफोर्नियाका यी केटाले आफ्नी मृतक गर्लप|mेडको लास चिहानघरबाट चोर्यो अनि आफ्नो सोसल मिडिया पेजमा अपलोड गर्यो ।’

उक्त तस्वीरले ठूलै तहल्का त मच्चायो तर अन्तिममा त्यो सत्य नभएको खुलासा भयो । वास्तवमा त्यो कुनै भिडियोका लागि खिचिएको दृश्य रहेछ ।

गएको अगष्टमा एक फोटोग्राफरले खिचेको त्यस तस्वीरलाई उनकै साथीले अनुमति विना इन्टरनेटमा अपलोड गरिदिएछन् र त्यसलाई अरु कुनैले युवकले प्रेमिकाको लास चोरेको भनि अफवाह फैलाइदिएछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment