Comments Add Comment

१९ प्रतिशतले घट्यो सिमेन्टको आयात, आत्मनिर्भर बन्दै नेपाल

cement

२६ असोज काठमाडौं । स्वदेशमा उत्पादन बढ्न थालेसँगै सिमेन्ट आयातमा उल्लेख्य गिरावट आएको छ । पछिल्ला वर्षहरुमा नयाँ-नयाँ सिमेन्ट उद्योग खुलेपछि आयात प्रतिस्थापन हुँदै गएको हो ।

आर्थिक वर्ष २०७०/०७१ मा अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले सिमेन्ट आयात घटेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा ३ अर्ब १८ करोड रुपैयाँको सिमेन्ट आयात भएको छ । जबकी अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रुपैयाँको आयात भएको थियो । त्यसअघिको वर्ष भने ३ अर्ब ४७ करोड रुपैयाँको आयात भएको थियो ।

करिब आधा दर्जन सिमेन्ट उद्योग स्थापना भएको र क्लिंकर पनि स्वदेशमै उत्पादन हुन थालेका आयात घटेको इस्टर्न कसमस सिमेन्ट प्रालिका प्रवन्ध निर्देशक प्रवलजंग पाण्डेले अनलाइनखबरलाई बताए ।

 ‘यही अवस्थामा हामी अघि बढ्यौं भने आगामी दुई वर्षमा पूर्णरुपमा आयात प्रतिस्थापन हुन्छ’ पाण्डेले भने ।

चार/पाँच वर्षअघिसम्म कूल मागको करिब ७० प्रतिशत सिमेन्ट आयात हुने गथ्र्यो । तर, हाल कूल मागको २० प्रतिशत मात्रै आयातित सिमेन्टले ओगटेको पाण्डेको भनाई छ ।
‘सिमेन्ट उद्योगमा क्रान्ति नै भएको छ’ उनले भने ।

त्यससो त सरकारले सिमेन्ट उद्योग स्थापना गर्दा उद्योगमा बाटो र विजुली विजुलीको व्यवस्था गरिदिने र  विभिन्न अनुदान दिने घोषणा गरेको थियो ।

सरकारको उक्त नीतिको प्रभावस्वरुप लगानीकर्ताहरु सिमेन्ट उद्योगमा आकषिर्त भएको सरोकारवालाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment