+
+
Shares

महिला क्रिकेटर नेरी थापा र सोनु खड्कालाई ६ महिना प्रतिवन्ध

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १५:५२

२६ असोज, काठमाडौं । मदिरा सेवन गरी अभद्र व्यवहार भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला क्रिकेटर नेरी थापा र सोनु खड्कालाई ६ महिना प्रतिवन्ध लगाएको छ ।

नेरी थापा र सोनु खड्का
नेरी थापा र सोनु खड्का

महिला सिनयर टोलीका पूर्व कप्तान समेत रहेकी नेरी सफल क्रिकेटर मध्ये एक हुन् । नेपालका लागि पहिलो शतकको कीर्तिमान उनकै नाममा छ ।

अनुशासन विपरितको काम गरेको भन्दै क्यानको शनिबार बसेको बोर्ड बैठकले नेरी र सोनुलाई ६ महिना प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार १७ औं एसियाडका लागि दक्षिण कोरिया जानुअघि नेरी र सोनुले होटलमा अभद्र व्यवहार गरेका थिए ।

उनीहरुले सुन्धारास्थित होटल तोडफोड गर्नुका साथै अभद्र व्यवहार गरेका आरोप छ ।’इन्चोन जानु पर्ने भएकाले त्यसबेला कारबाही गरिएन । अहिले टिम प्रशिक्षक र म्यानेजरको रिपोर्ट तथा स्पष्टिकरणका आधारमा कारबाही भएको हो’ क्यानका एक अधिकारीले भने ।

त्यसअघि बन्द प्रशिक्षणका क्रममा नेरी र सोनुले मदिरा सेवन गरेका थिए । तर, उनीहरुले माफी माग्दै क्यानलाई पत्र लेखेपछि सफाइ पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?