Comments Add Comment

गुड फर पेमेन्ट चेकमा नयाँ व्यवस्था

२६ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘गुड फर पेमेन्ट चेक’मा थप नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७१ को १७ नम्बर बुँदाको उपबुँदा १ लाई संशोधन गर्दै आइताबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।

नयाँ व्यवस्थासँगै चेक गुड फर पेमेन्ट गर्ने बैंक तथा वित्तीय संस्थाले सो चेक बराबरको रकम छुट्टै खातामा जम्मा गरी त्यसको सिस्टम प्रिन्टेड प्रमाण चेकमा उल्लेख गर्ने वा चेकसँग उपलब्ध गराउने व्यवस्था गरी अभिलेख राख्नुपर्ने छ ।

यसअघि चेक गुड फर पेमेन्ट गर्ने बैंक तथा वित्तीय संस्थाले सो चेक बराबरको रकम सम्बन्धित खातामा सिस्टमबाटै एयरमार्क हुने गरी सिस्टम पि्रन्टेड प्रमाण चेकमा वा चेकसँग उपलब्ध गराउने व्यवस्था गरी अभिलेख राख्नुपर्ने थियो ।

‘चेक गुड फर पेमेन्ट गर्ने बैंक तथा वित्तीय संस्थाले सो चेक बराबरको रकम छुट्टै खातामा जम्मा गरी सोको सिस्टम पि्रन्टेड प्रमाण चेकमा उल्लेख गर्ने वा चेकसँग उपलब्ध गराउने व्यवस्था गरी सोको अभिलेख राख्नुपर्ने’ जारि निर्देशनमा भनिएको छ ।

संस्थाहरुमा गुड फर पेमेन्टको समस्या आउन थालेपछि राष्ट्र बैंकले थप नयाँ व्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment