+
+
Shares

ज्ञानेन्द्र र पारसबारे पत्रकार रवीन्द्र मिश्रको टिप्पणी

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २७ गते १७:२३

rabindra-Mishra२७ असोज, काठमाडौं । चर्चित पत्रकार रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका बारेमा सटिक टिप्पणी गरेका छन् । बीबीसीका पत्रकार मिश्रले पूर्वराजा ज्ञानेन्द्रलाई ‘अराजकीय राजा र राजकीय पूर्वराजा’को संज्ञा दिएका छन् ।

पूर्वयुवराज पारस शाह बैंककमा गााजासहित पक्राउ परेको सन्दर्भ जोडेर पत्रकार मिश्रले आफ्नो फेसबुक स्टाटसमा यस्तो टिप्पणी गरेका छन् :

अहिले पूर्वयुवराज पारसको तस्वीर हेरेर उनीप्रति अधिकांशले साहानुभूति प्रकट गरिरहेका छन्। जुन स्वभाविक छ र त्यो मानवीयताको संकेत पनि हो।

तर, त्यत्तिकै सहानुभूतिका पात्र पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमल पनि हुन्। ज्ञानेन्द्र सानैमा राजा भए, त्यो गुमाए। दाइको सारा परिवार हत्याकाण्डमा गुमाए। धेरैले त्यसको आरोप उनैमाथि लगाए। फेरी राजा भए। दाइको सारा सम्पत्ति पाए।

त्यसपछि, विस्तारै राजाले पाउने गरेको सम्मान गुमाए, राजगद्दी गुमाए, राजतन्त्र गुमाए, आफ्नो भैसकेको दाईको सारा सम्पत्ति गुमाए र एउटा भएको छोरोको पनि त्यस्तो हाल छ।

ती सबै प्रतिकूल अवस्थामा उनले धैर्य, शालिनता र शिष्टता कहिले गुमाएनन्। राजतन्त्र नै समाप्त हुने गरि राजगद्दी त्याग्दासमेत उनी मुस्कुराइरहे। कहिले निकृष्ट तहमा ओर्लिएनन्।

मलाई अचम्म लागेको कुरा चाहिँ के भने, ती सारा गुणहरू उनी राजा हुँदा कहाँ गएका थिए ?

त्यसैले मैले भन्ने गरेको छु ज्ञानेन्द्र अराजकीय राजा र राजकीय पूर्वराजाहुन्।

धेरै टिप्पणीकारहरूले सुझाएजस्तै पारस शाहालाई सहयोगको आवश्यक्ता छ, घृणाको होइन।

यो स्थितिमा घृणा गर्नेहरुले बुझ्नुपर्छ: हामी, हाम्रा परिवार र आफन्तजन पनि सबै मानिस नै हौं। भोलि कसलाई कहाँ, कस्तो संकट आइपर्छ, कसले भन्न सक्छ ?

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?