News Summary
Generated by OK AI. Editorially reviewed.- रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ मा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ।
- विराट कोहलीले ८१ रन र देवदत्त पडिक्कलले ५५ रन बनाएर आरसिबीलाई जितमा महत्वपूर्ण भूमिका खेलेका छन्।
- यस जितसँगै आरसिबी ७ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने गुजरात सातौं स्थानमा छ।
११ वैशाख, काठमाडौं । विराट कोहली र देवदत्त पडिक्कलको शानदार ब्याटिङ मद्दतमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले आईपीएल २०२६ मा पाँचौं जित हासिल गरेको छ ।
शुक्रबार राति घरेलु मैदान चिन्नास्वामी स्टेडियममा भएको खेलमा आरसिबीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०६ रनको लक्ष्य बेंगलुरुले ७ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
कोहलीले ४४ बलमा ८ चौका र ४ छक्कासहित ८१ रन बनाएर आउट भए । पडिक्कलले २७ बलमा २ चौका र ६ छक्कासहित ५५ रन बनाएर आउट भए ।
ओपनर ज्याकब बेथेल १४ रनमा आउट हुँदा २४-१ मा रहेको आरसिबीका लागि कोहली र पडिक्कल मिलेर दोस्रो विकेटका लागि ११७ रनको साझेदारी गरेका थिए ।
१४१-१ को अवस्थाबाट १७३-५ को अवस्थामा पुगेपनि क्रुनाल पान्ड्याले अविजित २३ रन बनाएर आरसिबीलाई जित दिलाए । टिम डेभिड १० रनमा अविजित रहँदा जितेश शर्माले पनि १० रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले साइ सुदर्शनको शतक मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो ।
सुदर्शनले ५८ बलमा ११ चौका र ५ छक्कासहित १०० रन बनाए । कप्तान शुभमन गिलले ३२ रन तथा जस बट्लरले २५ रन बनाए । जेसन होल्डर २३ अनि वासिङटन सुन्दर १९ रनमा अविजित रहे ।
आरसिबीका लागि भुवनेश्वर कुमार, जोश हेजलवूड र सुयाश शर्माले १-१ विकेट लिए ।
यस जितसँगै ७ खेलमा १० अंक जोडेको आरसिबी दोस्रो स्थानमा उक्लिएको छ भने पराजित गुजरात ७ खेलमा ६ अंक जोडेर सातौं स्थानमा छ ।
प्रतिक्रिया 4