+
+
Shares

सीके राउतलाई धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २८ गते १६:३८

२८ असोज, काठमाडौं । विशेष अदालत काठमाडौंले डा. सीके राउत ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । तर, धरौटी नबुझाएपछि उनलाई सदरखोर डिल्लीबजार चलान गरिएको छ ।

विशेष अदालत परिसरमा राउत । फाइल फोटो
विशेष अदालत परिसरमा राउत । फाइल फोटो

थुनछेक बहसपछि न्यायाधीश मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासले राउतसँग धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

स्रोतका अनुसार मोरङ प्रहरीले राउत रिहा हुने भएमा मोरङ फिर्ता फठाउन माग गरेको थियो । तर, विशेषले यसबारे कुनै आदेश दिएन । विशेषबाट रिहा भएमा मोरङ प्रहरीले फेरि पक्राउ गर्ने आशंकामा राउतले धरौटी नबुझाएको बताइएको छ ।

मोरङमा राउतविरुद्ध सार्वजनिक अपराध अन्तरगत मुद्धा चलिरहेको छ । सर्वोच्च अदालतले राउतलाई शसरीर उपस्थित गराउन भनेपछि राउतलाई काठमाडौं ल्याइएको थियो ।

प्रहरीले असोज २२ गते जन्मकैदको माग गर्दै राउतविरुद्ध विशेष अदालतमा राज्यविप्लवको मुद्धा दायर भएको थियो । मोरङको सोराभाग-३, रंगेलीमा सर्वसाधारणलाई भेला गराई डर त्रास फैलाई आतंकित बनाई सामाजिक सद्भाव भड्काउने, शान्ति सुरक्षामा खलल पुर्याउने कार्य गरेको अभियोग थियो ।

राउतले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएको र सोही व्यहोरोको लेख रचना तथा किताब छपाई मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खदल पुरी अव्यवस्था उत्पन्न गराएको अभियोग थियो ।

तर, राउतले अदालतमा बयान फेरेका छन् । उनले आफूले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ नभनेको बयान दिएको अदालत स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?