+
+

महतोले भने- भनेजस्तो संविधान नआए टुँडिखेलबाटै जलाउछौं

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १५:५९

३१ असोज, काठमाडौं । एमाओवादी नेतृत्वको २२ दलीय गठबन्धनका नेताहरुले पहिचानसहितको संघीयता नभए सडकबाटै संविधान बनाउने चेतावनी दिएका छन् ।

spotlight-rajendra mahatoखुल्लामञ्चमा आयोजत जनसभामा उनीहरुले कांग्रेस र एमालेको तीव्र आलोचना गरे । सभालाई सम्बोधन गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुले भनेजस्तो संविधान नआए टुँडिखेलबाटै जलाउने धम्की दिए । उनले कांग्रेस एमालेले उँटजस्तो संघीयता दिन खोजेको आरोप लगाए ।

‘नाममात्रको संघीयता दिएर उँट संघीयताको मोडल ल्याउन खोजेका छन्’ महतोले भने ‘तर, हामीलाई अधिकार सम्पन्न संघीयता चाहिएको हो, पहिचानसहितको संघीया चाहिएको हो, जहाँ पहिचान अधिकार छैन, त्यस्तो प्रदेश लिएर काम छैन, हामीलाई चाहिँदैन ।’

महतोले यदि कांग्रेस एमालेले आफ्नै ढिपीबाट संविधान बनाएमा त्यसलाई टुँडिखेलबाटै जनताले आगो लगाउने धम्की दिए ।

‘प्रक्रियाका नाममा हाम्रो कुरा नमान्ने हो भने हामी संविधान मान्दैनौं’ महतोले भने-‘दिने भए पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान देऊ, नत्र हामी हामी लिन्छौं ।’

सभालाई सम्बोधन गर्दै तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले दोस्रो संविधानसभापछि धाइआमा बलियो भएको बताए ।

संघीयता, गणतन्त्र लगायतको असली आमा कांग्रेस एमाले नभएको र उनीहरुले गणतन्त्रलाई निमोठ्न पनि खोज्ने बताए । कांग्रेस एमाले मोटाएको नभइ सुन्निएको भन्दै उनले भने-‘सुन्निनु भनेको रोग हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?