Comments Add Comment

झरनासहित एक दर्जन सिनेकर्मी अवार्डका लागि हङकङमा

hongkong
नेपाली सिनेमाको अन्तरराष्ट्रिय बजार बिस्तारका लागि नेपाल चलचित्र प्राविधिक संघले दोश्रो पटक देशबाहिर अवार्डको आयोजना गर्दैछ । जसका लागि नायिका झरना थापा, निर्माता सुनिलकुमार थापासहितको एक टोली हङकङ पुगेको छ ।

निर्माता सुनिलकुमार थापाले प्राविधिक संघसँग सहकार्य गर्दै हङकङमा अवार्ड आयोजना गर्न लागेका हुन् । हङकङ पुग्ने टोलीमा नायिका झरना थापा, निर्माता बाबुराम दाहाल, निर्देशक सुरेशदर्पण पोख्रेल, नेफ्टाका उपाध्यक्ष प्रकाश महरा, शंकर पाण्डे, तारा थापा, पहिरन डिजाइनर रोजिन श्रेष्ठ हङकङ पुगेका हुन् । यस्तै, सगरमाथा टीभीका इन्जिनियर भिम बस्याल, उपप्रधानमन्त्री प्रकाशमान सिंहका पीए सुनिल पराजुली पनि हङकङ पुगेका छन् ।

कात्तिक ३ गते आयोजना हुन लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’को तयारीका लागि यो टोली केही दिन अगाडि नै हङकङ पुगेको हो । यस्तै, पत्रकार सहित कलाकारहरुको टोली शनिबार हङकङतर्फ लाग्नेछ ।

हङकङमा रहेको ग्रेट पर्फ]{ट कम्पनीले अवार्ड व्यवस्थापनको जिम्मा हङकङमा लिएको छ । करिब ८० भन्दा माथिको संख्यामा कलाकार तथा पत्रकारहरुको टोलीले हङकङमा रहेको ‘वीपी ईन्टरनेशनल हल’मा कात्तिक ३ गते अवार्डको रौनक बनाउनेछ ।

निर्माता सुनिल कुमार थापाले नेपाली सिनेमालाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि आफूले ठूलो रकम लगानी गर्दै प्राविधिक संघसँग सहकार्य गरेको बताए । आफूले नाफा वा घाटा भन्दापनि सिनेमाको विस्तारमा ध्यान दिएकाले अवार्ड गर्न अघि सरेको जनाए ।

यसअघि मलेसियामा निर्माता सुवास गिरीको साथमा अवार्ड आयोजना गरेको नेपाल चलचित्र प्राविधिक संघले यसपटक हङकङमा अवार्डको आयोजना गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment