+
+

जुट उद्योग बन्द हुँदा ६ हजार मजदुर बेरोजगार

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १४:२९

३१ असोज, काठमाडौं । मोरङको कटहरी क्षेत्रमा सञ्चालनमा रहेका चार वटा उद्योग बन्द हुँदा छ हजार मजदुर बेरोजगार भएका छन् ।

मोरङ व्यापार संघका महासचिव प्रकाश मुन्दडाका अनुसार नरेश राठीको गुहेश्वरी, नन्दकिशोर राठीको सिएम, देबेनरा मुन्दडा ग्रुपको बाबा जुट, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की र विराटनगर जुट मिल बन्द हुँदा छ हजार मजदुर बेरोजगार भएका हुन् ।

बिजुलीको अभाव र सरकारीस्तरबाट सहयोग नहुँदा जुट मिस बन्द गर्नुपरेको मोरङ व्यापार सङ्घका महासचिव तथा बाबा जुटका सञ्चालक प्रकाश मुन्दडाको भनाई छ । जुट उद्योग बन्द हँुदा एक सय करोड लगानी डुबेको उद्योगीहरूको भनाइ छ ।

यसबाट मोरङ र सुनसरीमा रहेका एक दर्जन जुट उद्योगलाई प्रभाव परेको छ । यस्तो बेलामा सरकारले अनुदान, बिजुलीलगायतका समस्याहरू समाधान गर्न नसकेको कारणले जुट उद्योग संकटमा रहेको गुहेश्वरी जुट मिल्सका सञ्चालक नरेश राठीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?