Comments Add Comment

नेपाल बैंक र एनसीसीबाट राष्ट्र बैंक तत्काल नफर्किने

nrb३१ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल बैंक र एनसीसी बैंकको व्यवस्थापन अझै केही महिना आफूसँगै राख्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले नेपाल बैंकबाट दुई महिनापछि र एनसीसी बैंकबाट तीन महिनापछि मात्रै व्यवस्थापन फिर्ता गर्ने निर्णय गरेको हो ।

यसअघि नेपाल बैंकबाट असोजभित्रै साधारणसभा सकेर सेयरधनीलाई जिम्मा लगाउने लक्ष्य लिइएको थियो ।

त्यसैगरी, गत माघदेखि व्यवस्थापन नियन्त्रणमा लिएको एनसीसी बैंकबाट आगामी माघमा मात्रै राष्ट्र बैंकको टोली फिर्ता हुने भएको छ ।

राष्ट्र बैंकको व्यवस्थापनले बैंकको चुक्ता पुँजी वृद्धि गर्नका लागि ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसमेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment