+
+
Shares

वन व्यवस्थापन गरे अर्बौ आम्दानी : महानिर्देशक पोख्रेल

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते ९:२५

२ कात्तिक, भैरहवा । मुलकको वन मात्र व्यवस्थापन गर्न सके राज्यलाई वाषिर्क सय अर्ब आम्दानी हुन सक्ने वन विभागका महानिर्देशक डा. राजन पोखरेलले बताएका छन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा वन विभागका महानिर्देशक पाखरेलले उक्त कुरा बताएका हुन् ।
उनले वन व्यवस्थापन नहुदाँ मुलुकमा मलेशयिा, वर्मा लगायत देशबाट काठ आयात गर्नु पर्ने देखिएको बताए । उनले मलेशियन सरकारले वन व्यस्थापनका लागि मात्र राष्टि्य बजेटको ६० प्रतिशत बजेट वनको लागि छुट्टयाउने गरेको कारण आज मलेशियाले विदेशमा काठ निर्यात गर्दै आइरहेको बताए ।
आयोजित कार्यक्रमा सिलबन्दी सम्बन्धमा उठेको प्रश्नको जवाफमा महानिर्देश्क पोखरेलले एक ठाउँबाट अर्को ठाउँ लैजादै गरेको काठमा लगइएको सिलबन्दी कसैले पनि बिच बाटोमा तोड्न नपाइने प्रवाधन रहेको बताउँदै सबैलाई आफ्नो प्राप्त अधिकारमा अडिग रहन अग्रह गरे ।
‘जुन स्थानको लागि काठ लैजादै गरेको हो , त्यो स्थानबाहेक अन्य स्थानमा लगाइएको सिलबन्दी कसैले खोल्न पाउँदैन,’ उनले स्पष्ट पार्दै भने ‘यदि शंकस्पद लागेमा पनि सम्बन्धित कार्यालयको कर्मचारी काठ लग्ने स्थानमा नै गएर सिलबन्दी खोलेर मात्र चेकजाँच गर्नुपर्ने हुन्छ ।’
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष एवंम नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीका जिल्ला अध्यक्ष नवराज न्यौपानेले सरकारले टिसिएनलाई (टिम्बर अफ कर्पोशन) उपलब्ध गराउने काठको मुल्य तिन सय, पाँच सय र आठ सय क्युफिटको आधरमा हामीलाई काठ उपलब्ध गराउने हो भने हालको बजार मुल्य भन्दा आधा रकममा हामीले मुलुकमा सस्तो र सहज रुपमा काठ आपुर्ति गर्न सक्ने बताए ।
उनले राज्यले नयाँ निती बनाउँदा सम्बन्धित सरोकारवालहरुलाई उपस्थित नगराउँदा व्यवसायी थप समस्या परेको जिकिर गरे । अध्यक्ष न्यौपानेले टेन्डरको क्रममा पनि व्यवसायीको नाम अन्य व्यक्तिहरुले व्यवासयीको प्रतिनिधि हो भन्दै टेन्डर किन्ने काम गरेको र त्यो बन्द हुनुपर्ने माग गरे ।
भैरहवामा सम्पन्न कार्यक्रममा लुम्बिनी अञ्चलमा रहेको ६ जिल्लाकै जिल्ला वन अधिकृतहरु लगायतहरुको उपस्थित रहेको थियो ।
सलमान खानबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?