न्यूयोर्क । प्रवासी नेपाली कवियत्री कमला प्रसाईको सकृयतामा स्थापना भएको एन एन्ड जे इन्टरटेन्मेन्ट् नामक संस्था न्यूयोर्कमा वाषिर्क साहित्यिक कार्यक्रम गरिएको छ । गत अक्टोबर १२ का दिन आफ्नो नवौ वार्षिक उतस्व मनाउन ज्याक्सनहाइटस्थित सत्यनारायण मन्दिरमा एक साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो ।
यस संस्थाले बिभिन्न क्षेत्रमा योग्दान पुर्याउने ब्यक्तित्वहरुलाई पनि कदर स्वरुप सम्मान गर्दै आएको छ । यसै शिलसिलामा न्यूटनले प्रतिपादन गरेको ग्राभिटीको शिधान्त गलत छ भन्दै नया शिधान्त प्रतिपादन गरी सन २०१४ मा नोवेल लरेट पुरुषकारको १०० जनाको छनौटमा पर्न सफल २१ बर्षे नेपाली युवा प्रकाश बजगाइलाई सेवा लम्साद्वारा खादा ओढाइ सम्मान गरिएको थियो ।
सहभागिहरुको आग्रहमा महाकवी लक्ष्मीप्रसाद देवकोटाका पुत्र पदम देवकोटाले आफ्नो बुवासंगको बाल्यकालको केहि स्मरणहरु सुनाउदा सबैजना आनन्दित भएका थिए ।
कार्यक्रममा न्यूयोर्कस्थित नेपाली नियोगकी सेवा लम्साल प्रमुख अतिथी थिइन् । होमनाथ सुबेदी, कमल पाण्डे, पदम देवकोटा र अमेरिकी लेखक अलेक्सलगायतको उपस्थत रहेको कार्यक्रमको पहिलो खण्ड बिजया सिंखडाले गरेका थिए भने बिभिन्न कविताहरु तथा राजेन्द्र राइले ज्ञानेन्द्र शाहद्वारा लिखित निकै मिठो गित सुनाईएको थियो ।
प्रसाई नेपाली भाषा र साहित्यको संरक्षण र प्रबर्धनमा निरन्तर लागी परेकि छन् । उनले सन २००५ मा एन एन्ड जे इन्टरटेन्मेन्ट् नामक संस्था न्यूयोर्कमा स्थापना गरेकि थिइन् । कार्यक्रममा ठूलो संख्यामा साहित्यअनुरागी र संचारकमीहरूर्को उपस्थिती थियो ।
समारोहमा गीत- कविता प्रतियोगिता
कार्यक्रमको दोस्रो खण्डमा मुख्यतया गित तथा कविता प्रतियोगिता गराईएको थियो र कार्यक्रम संचालन सहदेव पौडेलले गरेका थिए । बिजेता छान्ने र निर्णय गर्ने निर्णायक मण्डलमा लेखक बिष्णु सिंह (बैजु), कवियत्री मनु राई र कवी प्रकाश चापागाइ रहेका थिए ।
कवि शकुन्तला ज्ञवाली, पुष्पा अधिकारी गौतम, नवराज खड्का, सुनिता शर्मा (अप्रतियोगि), अनुरागी अरुण, राजेन्द्र राई(गित अप्रतियोगी), मीलन कुमार शाही, श्रुती अमात्य, बेदा आचार्य (अंग्रेजी कविता), बिजया सिंखडा (अप्रतियोगी),लगायतले आ-आफ्नो कविता प्रतियोगितामा सामेल गराएका थिए ।
प्रतियोगितामा अनुरागी अरुण प्रथम, सकुन्तला ज्ञवाली दोस्रो, मिलन शाही तेस्रो तथा राजेन्द्र राईले सान्त्वना पुरस्कार प्राप्त गरे । सोही अवसरमा नेपालबिबाह डट कम वेबसाईट पनि प्रारम्भ गरिएको थियो ।
बिष्णु सिंह (बैजु)बाट
प्रतिक्रिया 4