काठमाण्डौ । गैरआवासीय नेपाली संघ युकेको नेतृत्वसम्बन्धी बिबाद समाधानका लागि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले एक छानविन तथा सुझाव आयोग गठन गरेको छ ।
शनिवार बसेको गैरआवासीय नेपाली संघको पदाधिकारी वैठकले कुलचन्द्र गौतमको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको छ । गौतम एनआरएन बिधान समिति संयोजकसमेत हुन् ।
आयोगका सदस्यहरुमा अनुशासन समितिका संयोजक डा. अम्बिका अधिकारी र कानुन ब्यबसायी लोकभक्त राणा सदस्य रहेका छन् ।
आयोगलाई एक महिनाभित्र छानविन गरी सुझाव पेश गर्न समय दिइएको छ ।
अघिल्लो बर्ष झण्डै बिभाजनको अबस्थामा पुगेको एनआरएन युकेको बिबाद मिलाउन एक/एक बर्ष कार्यकाल बाँडने गरी लिखित सहमति भएको थियो ।
सहमतिअनुसार अध्यक्ष योगेन क्षेत्रीले पद छाड्न नमानेको भन्दै सहअध्यक्ष महेन्द्र कँडेलले आफैलाई अध्यक्ष घोषणा गरेपछि अहिले एनआरएन युकेमा दुई जना अध्यक्ष छन् ।
यस्तो अबस्थामा कसलाई आधिकारिता दिने भन्ने बिषयमा एनआरएन आईसीसी समस्यामा परेपछि बिबाद समाधानका लागि स्वतन्त्र आयोग गठन गरिएको हो ।
भर्खरै
पुराना
लोकप्रिय
Advertisment
प्रतिक्रिया 4