Comments Add Comment

प्रधानमन्त्री निवासमा देउसी खेल्ने पुगे ‘श्री ५’

dipa-with-pm
समाजमा राजा खोज्ने सिनेमा ‘श्री ५ अम्बरे’को निर्माण यूनिटले बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउसी खेलेको छ । चलचित्रका कलाकार तथा निर्माताहरु प्रधानमन्त्री सुशिल कोइरालाको सामुन्ने देउसी खेल्दै रमाए ।

यता, प्रधानमन्त्री पनि अम्बरेको टिमको देउसी हेर्दै खुबै मुस्कुराएका थिए । करिब २० मिनेट चलेको कार्यक्रममा फिल्मका गीतका साथै देउसी पनि भट्टयाइएको थियो । निर्देशक दीपा बस्नेत, निर्माता तथा कलाकार टीएन आचार्य र दीपक आचार्यको साथमा विभिन्न कलाकार प्रधानमन्त्री निवास पुगेका हुन् ।

२० मिनेटपश्चात प्रधानमन्त्रीले निर्देशक दीपाको हातमा खाम राखिदिएका थिए । समाजमा आफूलाई राजा ठान्ने एक पात्रलाई सिनेमामा देखाउन खोजेको निर्माण यूनिटले प्रधानमन्त्रीको सामुन्ने एक व्यक्तीलाई राजाको स्वरुप पनि दिएका थिए ।

कार्यक्रममा नायिका तथा मोडल केकी अधिकारी र कलाकार सौगात मल्ल देखिएनन् । बारम्बार खबर गर्दा पनि उनीहरु उपस्थित नभएकोमा निर्देशक बस्नेतले गुनासो गरिन् । आज विभिन्न पार्टीका नेताहरुको घरमा देउसी खेल्ने कार्यक्रम सिनेमाको यूनिटले तय गरेको छ । यो सिनेमा मंसिर ५ गतेबाट प्रदर्शनमा आउादैछ ।ambare-deusi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment