Comments Add Comment

दोहामा रक्तिमको देउसी भैलो

दोहा । कतार नेपाली एकता समाज रक्तिम सांस्कृतिक अभियानको आयोजनामा नज्माको आइसकोण होटलमा देउसी भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।

कतार नेपाली एकता समाज रक्तिम सांस्कृतिक अभियानले नेपाली एम विसीमा पबिहयलेपछक देउसी भैलो कार्यक्रम आयोजना गरेको हो ।
DOHA-RAKTIM-DEUSI-VAILO
‘बुर्जुवा सँस्कृतिको विरोध गरौं, प्रगतिशिल सँस्कृतिको विकास गरौं’ भन्ने नारा सहित कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा कतार नेपाली एकता समाजका सचिवालय सदस्य हेमन्त वाइवाले देउसी भैलो र नेपालीहरुको महान पर्व तिहारको साँस्कृतिक तथा सामाजिक महत्वबारे प्रकाश पारेका थिए । तिहारले दाजुभाइ-दिदी बहिनीमा मात्रै नभइ समाजमा नै आपसी सदभाव कायम राख्ने उनको भनाइ थियो ।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष हुमाकान्त आचार्यको अध्यक्षता तथा कतार नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष मदन श्रीसको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जनसम्पर्क समितिका विमल सुवेदी, दाङ्ग देउखुरी समाजका कार्यबाहक अध्यक्ष सोया दाहाल, तनहुँ सेवा समाजका महासचिव सुर्य लम्साल, लोकतान्त्रिक मन्चका मुनाफ मियाँको सहभागिता थियो ।

यसैगरी गैर आवासीय संघका कोषाध्यक्ष द्रोण बस्नेत, कतार नेपाली एकता समाज महिला विभागका अमिना खान, वाग्लुङ्ग सेवा समाजका गिरी काउछा मगर, रामेछाप दोहा सम्पर्क समाजका उद्धव मगर र एकता समाजको विभिन्न एरिया ईकाई समितिका प्रतिनिधिहरु पनि कार्यक्रममा सहभागी थिए ।

DOHA-RAKTIM-DEUSI-VAILO2हेमराज बस्नेतले कार्यक्रम सन्चालन गरेका थिए भने महिला विभागका कोषाध्यक्ष रेणुका चौलागाईले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रमको बिचबिचमा सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका हुमाकान्त आचार्यले अत्यन्तै अनुशासन र मर्यादित रुपमा कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए ।

-उद्धव मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment