Comments Add Comment

बाइक किन्दै हुनुहुन्छ ? डिस्क र ड्रम ब्रेकका बारेमा जान्नुहोस्

१३ कात्तिक, काठमाडौं । सामन्यतया मानिसहरुले मोटरसाइकल किन्दा माइलेज र डिजाइनमा मात्र ध्यान दिने गर्छन । उनीहरुले मोटरसाइकलमा हुने ‘सेफ्टी फिचर्स’ को विषयमा खासै ध्यान दिने गरेको पाइँदैन ।

मोटरसाइकल खरिद गर्दा माइलेज र डिजाइन जति ध्यान दिइन्छ त्यो भन्दा बढी सुरक्षा प्रणालीमा ध्यान दिनुपर्ने हुन्छ । मोटरसाइकलमा भएका विभिन्न सुरक्षा प्रणालीमध्ये सबैभन्दा बढी ध्यान दिनुपर्ने ब्रेकिङ सिष्टममा हो । ब्रेक सबैभन्दा सम्वेदनशिल पक्ष हो ।

प्रायजसो मानिसहरु मोटरसाइकल खरिद गर्दा डिस्क ब्रेक र ड्रम ब्रेकमा कन्फ्यूजन हुने गर्छन् । बिक्रेताहरु दुबैDisk-Break ब्रेकिङ सिष्टम भएका मोटरसाइकल अगाडी राखेर ग्राहकहरुसँग बार्गेनिङ गरिरहेका हुन्छन् । उनीहरुले दुबै ब्रेकिङ भएका बाइकलाई उत्तिकै राम्रो भनेर प्रचार गरिरहेका हुन्छन । यस्तो अवस्थामा कुन बे्रक भएको मोटरसाइकल खरिद गर्दा ठिक हुन्छ भनेर क्रेताहरु दोधारमा पर्ने गरेको पाइन्छ ।

कतिपय मानिसहरु केही रकम सस्तो हुने हुँदा डिस्क भन्दा पनि ड्रम ब्रेक भएको मोटरसाइकल किन्ने गरेका हुन्छन् । हामीले ठूलो रकम खर्चेर मोटरसाइकल खरिद गर्न तयार भएपछि केही रकम सस्तो भयो भन्दैमा सुरक्षामा सम्झौता गर्न नहुने अटो व्यवसायीहरु बताउँछन् ।

कुन ब्रेक ठिक हुन्छ त ?

कम्पनीहरुले मोटरसाइकलमा पछिल्ला मोडलहरुमा प्राय डिस्क ब्रेक प्रयोग गरेका हुन्छन । नयाँ केही बाइक यस्ता पनि हुन्छन, जुनमा पुरानै ड्रम ब्रेक राखिएको हुन्छ । डिस्क ब्रेकको तुलनामा ड्रम ब्रेक भएका बाइकहरु केही सस्तो समेत हुन्छन् ।

मिडियम रेञ्जका अधिकांश नयाँ मोटरसाइकलमा अगाडीको चक्कामा डिस्क ब्रेक राखिएको हुन्छ भने पछाडीको चक्कामा ड्रम ब्रेक राखिएको हुन्छ । महंगा बाइकमा मात्र अगाडी पछाडी दुबै पांग्रामा डिस्क ब्रेक राखिएको हुन्छ ।

तिब्र गतिमा कुदिरहेको मोटरसाइकल एक्कासी नियन्त्रण गर्दा अगाडीको ब्रेकको ७० प्रतिशत र पछाडीको ब्रेकले ३० प्रतिशत योगदान हुने टेक्निसियनहरु बताउँछन् । अब प्रश्न उठ्न सक्छ, डिस्क ब्रेक भएको मोटरसाइकल ठिक कि ड्रम ब्रेक भएको मोटरसाइकल ठिक ?

दुबै ब्रेकका केही फाइदा र केही बेफाइदा पक्कै पनि रहेका छन् । केही कम केही वेशी मात्र हो । डिस्क ब्रेक र ड्रम ब्रेकमा सबैभन्दा ठूलो अन्तर गर्मीयाममा थाहा हुन्छ, जब बाइक अत्याधिक तात्छ  ।

यस्तो अवस्थामा ड्रम ब्रेक लगाउँदा ब्रेक शुमा घ्रषण भई अत्याधिक तातो उत्पन्न हुन्छ । यसो हुँदा ड्रम ब्रेक लगाउँदा बाइक पुरै कन्ट्रोलन नहुन सक्छ । तर, डिस्क बे्रक यस्तो अवस्थामा पनि प्रभावित हुँदैन । ब्रेक लगाउँदा डिस्कले पांग्रोलाई सजिलै नियन्त्रणमा ल्याउँछ ।

पानी परेका बेलामा मोटरसाइलको पांग्रो पुरै चिसो हुने गर्छ । यस समयमा कुदिरहेको मोटरसाइकलमा ब्रेक लगाउँदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ड्रम ब्रेक लगाउँदा ब्रेक शु र लाइनिङका बिचमा पुरा पकड हुन सक्दैन र ब्रेकले पांग्रोलाई पुरै नियन्त्रणमा लिन सक्दैन ।

तर, डिस्क ब्रेकमा पानीले खासै प्रभाव पार्दैन । पानी परेको बेलामा पनि डिस्क ब्रेक लगाउँदा मोटरसाइकल पुरै नियन्त्रणमा ल्याउन सकिन्छ ।

ड्रम ब्रेक बिगि्रएमा बनाउन ठूलो मेहनत गर्नुपर्छ । यसमा साना-साना धेरै पार्टसहरु रहेका हुन्छन, जसलाई समय-समयमा मर्मत गरिरहनुपर्छ । तर, डिस्क ब्रेक बिगि्रएमा बनाउनका लागि धेरै सजिलो हुन्छ ।

ड्रम ब्रेकले धेरै धुलो समातेको हुन्छ । डिस्क ब्रेकले ज्यादै कम धुलो समातेको हुन्छ । जसले गर्दा बिगि्रने समस्या पनि ड्रम ब्रेकको तुलनामा डिस्कको कम हुन्छ ।

ड्रम ब्रेकमा मजबुत कोटिङ हुने हुँदा टुट्ने खतरा कम हुन्छ । तर, डिस्क ब्रेक पुरै खुला रहने हुँदा टुट्न सक्ने सम्भवना रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment